जनसम्पर्क समिति स्पेनमा निर्बाचित कार्यसमितिले सपथ लिए


बार्सिलोना/ नेपाली जनसम्पर्क समिति स्पेनको नयाँ कार्यसमितिले प्रमाणपत्र सहित सपथग्रहण लिएका छन्।  समितिको पाँचौ अधिबेशनवाट निर्बाचित नयाँ कार्यसमितिले आईतबार बार्सिलोनामा सपथग्रहण लिएका हुन्। निर्बाचन समितिका संयोजक चिन्तामणी सापकोटाले सपथ ग्रहण गराउँदै प्रमाणपत्र बितरण गरे। समितिको गतसाता पाँचौ अधिबेशन बार्सिलोनामा सम्पन्न भएको थियो।

नयाँ कार्यसमितिको अध्यक्षमा ईन्द्रप्रसाद शर्मा,उपाध्यक्षमा बिदुर गौतम र राम सापकोटा महामन्त्रीमा राम प्रसाद सापकोटा “बिराज”,सह-महामन्त्री रामु चालिसे र कोषाध्यक्षमा सुस्मिता कंडेल बिजयी बनेका थिए । यस्तै कार्यसमितिको सदस्यहरुमा मुक्ती प्रसाद श्रेष्ठ,अन्जु तिमिल्सिना अधिकारी,सुभाष बहादुर बिष्ट,राजेश रेग्मी,लोक बन्धु बस्नेत,सुभास आचार्य र लक्ष्मण खत्री रहेका छन्।

सपथग्रहण,प्रमाणपत्र बितरण तथा पदभार हस्तान्तरण कार्यक्रममा स्पेन स्थित संघ सँस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो।