कोईरालाको सातौँ स्मृती दिवस,स्पेनमा पनि सम्झना


बार्सिलोना/ लोकतान्त्रिक आन्दोलनका शिखर पुरुषका रुपमा परिचित नेपाली काग्रेसका पुर्ब सभापति तथा पुर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोईरालालाई स्पेनमा पनि सम्झना गरिएको छ। नेपाली जनसम्पर्क समिति स्पेनले सातौँ स्मृती दिवसको अबसरमा कार्यक्रमको आयोजना गर्दै सम्झना गरेको हो। नेपाली कांग्रेस र उसका भ्रातृ संगठनहरुले देश तथा बिदेशमा कार्यक्रम गरी कोईरालाको सम्झना गरिरहेको स्पेनमा पनि सम्झिएको हो।

चार पटकसम्म प्रधानमन्त्री बनेका कोईरालाको नेतृत्वमा तत्कालीन विद्रोही नेकपा माओवादीसँग बिस्तृत शान्ति सम्झौता गर्दै मुलुकलाई द्वन्दबाट बाहिर ल्याएका थिए। २००७ सालको राणा बिरोधी आन्दोलनमा सहभागी कोईरालाले २०४७ सालको जनआन्दोलनमा सहभागी बने भने ०६२–०६३ को आन्दोलनको नेतृत्व समेत गरे।  बिक्रम सम्बत् २०६६ साल चैत्र ७ गते कोईरालाको ८५ वर्षको उमेरमा निधन भएको थियो ।17439890_1250933258294688_769553620_nसोमबार बार्सिलोनामा आयोजित कार्यक्रममा बक्ताहरुले पहिलो संविधानसभा निर्वाचनपछि कांग्रेस हार व्यहोर्दै दोस्रो शक्ति बने पनि तात्कालिन नेकपा माओवादी नेतृत्वलाई कोईरालाले समर्थन गर्दै संविधान निर्माणको क्रमको थालनी गरेको भन्दै प्रंशसा गरे।  कोईरालाको नेतृत्वमा नै शान्ति प्रक्रिया बारे सहमतिको खाका तयार भएको भन्दै सम्झना गरे।

संस्थापक अध्यक्ष चिन्तामणि सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समितिका अध्यक्ष इन्द्रप्रसाद शर्माको  सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा कोईरलाको तस्बिरमा माल्यार्पण गर्दै श्रदासुमन ब्यक्त गरिएको थियो। कार्यक्रमको संचालन महामन्त्री रामप्रसाद सापकोटा ‘बिराज’ ले गरेका थिए।