डेनमार्कका नेपाली महिला दिदि बहिनी जागेपछि…


कोपनहेगन । डेनमार्कमा रहेका नेपाली दिदिबहिनीहरुको संस्था ‘क्रिएटिभ नेपलीज वोमेन इन डेनमार्क’ नामक संस्था गठन भए पश्चात नेपाली दिदि बहिनीहरु बाहिरी सामाजीक कार्यमा सक्रिय मात्र हैन की आफ्ना कुराहरु निर्धक्क राख्न सक्ने पनि भएका छन् ।

हालै उक्त संस्थाले आफ्नो वार्षिक साधारण सभा पनि सम्पन्न गरेको छ । महिला दिवसको अवसर पारी ढिलै भए पनि यहि १९ मार्च आइतबारका दिन साधारण सभा तथा ‘म र मेरो यात्रा’ नामक कार्यक्रम पनि सम्पन्न गरेका छन् ।

कार्यक्रममा संस्थाकी सदस्य निलम खड्काले सबैलाई स्वागत गर्दै पुरष मात्र हैनन् अब महिला पनि जागेका छन् भन्दै समान व्यवहार हुनुपर्नेमा जोड दिइन । कार्यक्रममा संस्थाकी सदस्य स्मिता बस्नेतले महिलाहरु बोल्न सक्दैनन् भन्ने कुऱा सत्य नभएको भन्दै डेनमार्कमा रहेका नेपाली महिला तथा विदेशी महिलाहरुको बारेमा सानो डकुमेन्ट्री भिडियो प्रश्तुत गरेकी थिइन ।

Screen Shot 2017-03-20 at 20.39.28 संस्थाको कार्यप्रगती विवरण संस्थाकी महासचीव मीना पौडेलले प्रश्तुतु गरेकी थिइन भने संस्थाको आर्थीक विवरण बनिता ढकाल अधिकारीले प्रश्तुत गरेकी थिइन । डेनमार्कमा यो मात्र एक संस्था हो जसले पारदर्शी रुपमा आफ्नो आर्थिक विवरण सार्बजनीक रुपले प्रश्तुतु गर्दै आएको छ ।

Screen Shot 2017-03-20 at 20.49.38
‘म र मेरो यात्रा’ कार्यक्रममा डेनमार्क आएर संघर्ष गर्दै सफल बनेका नेपाली दिदिबहिनीहरुको कथा प्रश्तुतु गरिएको थियो । उक्त कार्यक्रमको संयोजन सचीव विमला भट्टराईले गरेकी थिइन । जसमा विधार्थीको रुपमा आएका डेनमार्कको जीवनसंग जुद्धै एक सफल सेफ बन्न सफल पुनम लामाको कथा पनि रहेको थियो । आँफु कसरी यो अवस्थामा स्थानिय भाषा सिक्दै सबै कोर्ष पुरा कसरी यहाँ आइपुगें भन्ने कुऱा लामा स्वयंले सबैसंग कुऱा बाँडेकी थिइन । यसैगरी अर्की महिला मिनु गुरुङले नेपालको स्टाफ नर्श शिक्षा प्राप्त गरी डेनमार्कमा पनि स्थानिय भाषामा पोख्त बनेर अनि पढेर सोही पेशामा छिर्न सफल रहेको भन्दै आफ्नो अनुभव बताएकी थिइन । उनले आफ्नो श्रीमान्को सहयोगले आँफु यो अवस्थामा आउन सफल भएको पनि बताइन ।
यसैगरी अर्की नेपाली महिला रमा थापा विस्टले स्थानीय डेनिस भासा सिक्दै छुट्टै कोर्ष पढेर स्थानीय बृद्धा बृद्धहरुको स्याहार केन्द्रमा काम गर्न सफल बनेको भन्ने कुऱाहरु सबै दिदिबहिनिहरुलाई बाँडेकी थिइन ।

Screen Shot 2017-03-20 at 20.39.54
उनीहरु तिनै जनाको कुऱा सबै उपस्थीतहरुको लागि प्रेरणा बनेको थियो । कार्यक्रममा नेपाली दुतावास डेनमार्कका कार्यवाहक राजदुत रामकाजी खड्काले नेपालमा महिला दिदिबहिनीहरुको अवस्था र सरकारी सेवामा महिलाहरुको सहभागीता सम्बन्धी जानकारी दिएका थिए । कार्यक्रममा संस्थाकी अध्यक्ष डा. गरिमा घलेले सहभागी सबैलाई धन्यवाद दिंदै कार्यक्रममा उठेका केहि सवालहरुको जवाफ दिंदै डेनमार्कमा रहेका महिला दिदिबहिनीहरुको लागि संस्थाले विभिन्न कार्यक्रमहरु गर्ने बताइन ।

Screen Shot 2017-03-20 at 20.40.07सोहि कार्यक्रम मार्फत संस्थाले आफ्नो अफिसियल वेबसाइट पनि सार्वजनीक गरेको छ । संस्थाकी सदस्य निरा
थापाले www.cnwdk.org वेबसाइट सार्वजनीक गर्दै विविध जानकारी दिएकी थिइन् ।

कार्यक्रममा एन आर एन डेनमार्कका अध्यक्ष दिपेन्द्र चुडाल, जनसम्पर्क समिति डेनमार्कका सभापती विरेन्द्र सिंह कार्की, एन आर एन ग्लोबल युवा उप-संयोजक लोकराज शर्मा, एन आर एन आइ सी सी सदस्य सोमनाथ सापकोटा, इनासका प्रतिनिधी कृष्ण सुवेदी, नेपाल पत्रकार महासंघ युरोप शाखाका महासचीव प्रकाश ढकाल लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रम सफल पार्न संस्थाकी उपाध्यक्ष इन्दिरा तिवारी, सदस्यहरु भावना मल्ल, सम्झना खत्री सबैले उत्तिकै खटेर लागेका देखिन्थे । यहि कुराको सम्मान गर्दै संस्थाकी अध्यक्ष डा. घलेलेले सबैलाई सम्मान गरेकी थिइन् ।

फोटो स्रोत: क्रिएटिभ नेपलीज वुमन इन् डेनमार्क