तीन महिना भित्र स्पेनमा नेपाली दूताबासको झण्डा फहराउँछ – पूर्व परराष्ट्रमन्त्री श्रेष्ठ


वसन्त रानाभाट,बार्सिलोना

पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अब दुई वा तीन महिना भित्र स्पेनमा नेपाली दूताबासको झण्डा फहराउँने बताएका छन्। नेकपा माओबादी केन्द्रका अन्तर्राष्ट्रिय ब्युरो प्रमुख समेत रहेका नेता श्रेष्ठले सोमबार स्पेनबासी नेपालीहरु माँझ नयाँ दूताबास खोल्ने प्रक्रिया बारे जानकारी दिदै यस्तो बताएका हुन्।

नेपाली जनप्रगतीशिल मञ्च स्पेनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले भने,”स्पेनमा राजदूताबास खोल्ने निर्णयलाई अर्को कुनै पनि निर्णयले खारेज गर्न सक्दैन। कता कता मैले दुबिधा भएको जस्तो पाए, त्यसैले म भन्छु चिन्तावाट मुक्त हुनुहोस्, अब कुनै निर्णयले पनि यो प्रक्रिया पछाडि हट्दैन,स्पेनमा दूताबास आउँछ।”

दूताबास खोल्ने प्रक्रिया कहाँ पुगेको छ ?

नेपाल सरकारले दूताबास खोल्ने प्रक्रिया अगाडि बढाउँदै औपचारिक पत्र स्पेन सरकारलाई पठाई सकेको जानकारी नेता श्रेष्ठले दिएका छन्। प्रक्रिया बारे बोल्दै उनले भने,”सरकारको तर्फबाट औपचारिक रुपमा पत्र पठाई सकिएको छ। मलाई लाग्छ १५ दिन वा एक महिना भित्रमा स्पेन सरकारबाट सहमती आउँछ,त्यस पछि अहिलेको निर्णयले पूर्णता पाउँने छ।”IMG_3356नेपाल सरकारले आफ्नो तर्फबाट यहाँ राजदूताबास खोल्ने निर्णय गरिसकेको अबस्थामा स्पेन सरकारबाट खुशीका साथ सहमति हुने पनि नेता श्रेष्ठले बताए। उनले थपे,”सामान्यता शत्रु दर्ज गरिएका देशहरुको अबस्थामा मात्रै कुनै देशले दूताबास खोल्ने निर्णय गरेपछि पनि सहमति नदिने स्थिति हुन्छ तर यस्तो मित्रवत सम्बन्ध भएको स्पेनले दूताबास खोल्ने बिषयमा खुशी प्रकट गर्दै स्वागत गर्छ।”

स्पेनका लागि राजदूत पनि नियुक्त भईसकेकाले प्रक्रिया झनै छिटो हुने भन्दै नेता श्रेष्ठले स्पेनबासीलाई प्रष्ट पारेका छन्। प्रधानमन्त्री पुष्प कमल दाहाल निकट तथा सरकार संचालन सहयोग समितिका संयोजक समेत रहेका नेता श्रेष्ठले दूताबास आउँने बिषयमा स्पेनबासीलाई शत प्रतिशत ढुक्क भएर बस्न अनुरोध समेत गरेका छन्।

पहिले किन रोक्कियो ?

आँफैले परराष्ट्र मन्त्रालयको जिम्मेबारी सम्हाल्दा एउटा टोली बनाए नयाँ दूताबास खोल्ने सूचीमा ओमन,बहराईन र स्पेन परेको नेता श्रेष्ठले स्मरण गरे।”तीन वटा देशमा दूताबास खोल्न आबश्यक जनाए पछि मैले नै प्रस्ताव मन्त्रिपरिषद् लगेको हुँ।बाँकी दुई देशमा दूताबास स्थापना भए तर स्पेनको निर्णय कार्यान्वयन भएँन ।” उनले भने।

पहिलो चरणमा ओमन र बहराईनमा तथा दोस्रो चरणमा स्पेनको निर्णय कार्यान्वयन गर्ने सहमति भए पनि सरकार परिबर्तन भएपछि त्यसो हुन नसकेको श्रेष्ठले स्पष्ट पारे। उनले भने,”मैले तीन बटै देशमा एकै चोटी गरौ भनेको तर मेरो प्रस्ताव बिपरित स्पेनलाई दोस्रो चरणमा कार्यन्वयन गर्ने सहमति भयो। सरकार परिबर्तन भयो तर पछिल्लो सरकारले कार्यान्वयन गर्ने कुरामा ध्यान दिएन। तर अब ढुक्क हुनुहोस्, कुनै निर्णयले पनि स्पेनमा दूताबास खोल्ने प्रक्रिया पछाडि हट्दैन।”17393154_1609850739040020_158378641_nमञ्चका अध्यक्ष गंगाप्रसाद भुसालको अध्यक्षतामा सम्पन्न कायर्क्रममा माओबादी केन्द्रका युवा नेता दिपेश पुन,एनआरएनए स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङ,पर्यटन दूत दीपक खरेल,जनसम्पर्क समिति स्पेनका अध्यक्ष इन्द्रप्रसाद शर्मा,प्रबासी नेपाली मञ्च स्पेनका अध्यक्ष दिनेश गुरुङ लगायतले बोलेका थिए।

मञ्चका महासचिव अर्जुन आचार्यले संचालन गरेको कार्यक्रममा स्पेनबासी नेपालीहरुले देशका पछिल्ला घटनाक्रमका बारेमा नेता प्रकाशलाई जिज्ञासा राखेका थिए।17410119_1609850795706681_1379862_n 17439835_1609850799040014_2116749480_n IMG_3348 IMG_3354 17409942_1609850802373347_646062634_n 17410132_1609850752373352_803738758_n