नबिनको एल्वम ‘साथ’पोखरामा बिमोचन,सरल तर अर्थपुर्ण भिडियो बनेको अपिलको दावी


पोखरा – गायक नबिन कटुवालको दोस्रो सांगीतिक एल्वम ‘साथ’को पोखरामा एक कार्यक्रमका बिच बिमोचन गरीएको छ । कटुवालको एल्वमलाई गायक बिनोद बानिया, संगितकर्मीहरु नबराज बराल, श्रीमान थुलुङ र मेनकाजी गुरुङले संयुक्त रुपमा सार्वजनिक गरेका हुन । सो अवसरमा एल्वममा समावेश ‘मलाई खुशी’ बोलको एक गितको म्युजिक भिडियो समेत सार्वजनिक गरीयो । कटुवालको एल्वममा चार गित समावेश छन । सबै गितमा प्रकाश नेपालीले संगित दिएका छन ।

फलानो क्रियशनले आयोजना गरेको कार्यक्रममा बोल्दै गायक बिनोद बानियाले बदलिदो सांगेतिक बजारसंग अनुकुल हुने किसीमको संगितकर्म गर्नुपर्नेमा जोड दिए । गायक नबिन कटुवालले एल्वममा फरक–फरक स्वादका गित समावेश गरीएको बताउदै एल्वमलाई सबैखाले श्रोताले मन पराउने बिश्वास ब्यक्त गरे । संगितकार प्रकाश नेपालीले गम्भीर श्रोताका लागी समेत एल्वम प्रिय हुने धारणा राखे । संगितकर्मीहरु नवराज बराल, श्रीमान थुलुङ र मेनकाकजी गुरुङले गायक कटुवालको सुखद सांगेतिक भबिष्यको कामना गरे ।

सार्वजनिक गरीएको म्युजिक भिडियोलाई अपिल त्रिपाठीले निर्देशन तथा सम्पादन गरेका हुन । सरोज अधिकारीको छायङ्कन तथा सुवास अम्गाईले रंग संयोजन गरेको भिडियोमा मिलन थापा, अनु शाह र अनिल अधिकारीको अभिनय रहेको छ । कार्यक्रममा बोल्दै निर्देशक अपिल त्रिपाठीले सामान्य बिषयमा सरल तर अर्थपुर्ण भिडियो बनाउने प्रयास गरेको बताए । झण्डै ६ बर्षअघि ‘कोशेली’ एल्वम बजारमा ल्याएका नबिनले यसपाली आफ्नो एल्वममा प्रेम देखी राष्ट्रियता सम्मका बिषय उठाएका छन ।