निर्वाचन आयोगद्धारा मतपत्र छपाई कार्य स्थगित (छापाबाट)


निर्वाचन आयोगले मतपत्र छपाई कार्य स्थगित गर्दै स्थानीय तह निर्वाचन प्रयोजनको लागि दर्ता हुन छुटेका दललाई पनि समावेश गरी पुन मुद्रण गर्ने निर्णय गरेको छ । आजको नागरिक दैनिकमा खबर छ ।

आयोगको बुधबार बसेको बैठकले स्थानीय तह निर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालयमा दर्ता हुन छुटेका दललाई समेत पतपत्रमा राख्न सुरु भइसकेको मतपत्र छपाइ रोकेर पुन मुद्रण गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेस, राप्रपा, जनमोर्चा र संघीय समाजवादी पार्टीले निर्वाचनका लागि जिल्लामा दल दर्ता गराएका थिएनन् । उनीहरुकै दबाबमा आयोगले छपाइ कार्य रोकेर दर्ता गर्न छुटेका दलको नाम र चुनाव चिन्ह मतपत्रमा समावेश गर्न लागेको हो ।