कृस्तिमा जनघोषित वडा नं. ३४ को बोर्ड टाँसीयो


रमेश पोख्रेल/पोखरा

कास्की स्थित साविकको पोखरा उपमहानगरपालिका वडा नं. २४ वडा संघर्ष समिति कृस्तीले निर्मलपोखरी र कृस्तीलाई गाभेर एउटै वडा बनाएको विरोधमा मंगलबार एक समारोहको आयोजना गरी पाखरा लेखनाथ महानगरपालिकाको ३४ नं. जनघोषित वडा घोषणा गरेका छन ।

हजारौंको संख्यामा उपस्थित कृस्तेली जनता र विभिन्न राजनितिक दलका नेताहरुको उपस्थितिमा वडा संघर्ष समिति कृस्तीले दोस्रो चरणको आन्दोलनको पहिलो दिन स्थानिय तह पुर्नसंरचनाको विरोध स्वरुप कृस्तीबासी जनताद्धारा स्थापित पोले महानगर पालिकाको ३४ न वडा घोषणा हुनुपर्ने माग राखि बोड टास गरीएको संघर्ष समितिका संयोजक पुर्णबहादुर थापाले बताए ।

संघर्ष समितिले आयोजना गरेको भेलालाई संबोधन गर्दै–दुई गाउँ विकास समितिका १८ वटा वडाहरुलाई मिलाएर साविकको उपमहानगरपालिकामा मिलाउदा दुई वटा वडा बनाइएको र हाल महानगरपालिकाको नाममा एउटा बनाउनू अवैज्ञानिक भएको नेपाली काङ्ग्रेसका नेता देवराज चालीसेले बताए ।

कृस्तीबासीको यो शान्तिपुर्ण आन्दोलनलाई समयमानै सम्बोधन नभए सरकारले घोषणा गरेको ३१ वैशाखको निर्वाचन नै वहिस्कार गरेर जान आफुहरु तयार रहेको एमाले नेता छविलाल पौडेलले चेतावनी दिए ।

संघियताका नाममा निर्मलपोखरी र कृस्तीलाई गाभ्ने निर्णय जिल्ला संयन्त्रको बैठकमा नभएको, हचुवा र अन्दाजका भरमा गरीने निर्णयले जनताले सास्तीमात्र पाउने माओवादी केन्द्रका नेता गंगा पोखे्रलले बताए ।

छुट्टा—छुट्टै वडाको माग राखि कृस्ती र निर्मलपोखरीमा गरीएको आन्दोलन जायज भएको आन्दोलन प्रति पुर्ण सर्मथन रहेको भन्दै राप्रपाका नेता जयलाल पुनले एकयबद्धता रहेको जनाए । ३५१ सदस्यीय संघर्ष समिति गठन गरेर कृस्तीबासीको एक सुत्रीय माग पुरा गर्न लागी परीरहेको कार्यक्रम संचालक एवं संर्घष समितिका सचिव श्रीराम सुवेदीले बताए ।