प्यारो फेसबुक


– श्रवण खनाल/हेल्सिन्की 

मेरो प्यारो साथी फेसबुक
जबदेखि तिमी आयौ जगतमा
चर्चा कमायौ जनजनमा
बसेका छौ आज मनमनमा
आज तिमी डाक्टर बनेर आयौ
तिमीले सबैलाई पत्रकार बनायौ
छुटेका सम्बन्धलाई जोडेर ल्यायौ
हराएका आफन्तलाई खोजेर ल्यायौ
हे फेसबुक तिमी त मेरो आफ्नो भैसक्यौ
म नि त तिम्रो आफ्नै हुँ
त्यसैले तिम्लाई एउटा अनुरोध
तिमीबाट मेरो एउटै आशा
मलाई अब ईलाम सिकाउ
मलाई अब प्रेरणा दिलाउ
तिम्रा भित्तामा भोज भत्तेर खाका
फुलमाला लाका, तस्बिर नदेखाउ
तिम्रा सदस्यहरु अथवा मेरा मित्रहरु
कहाँ गए, के -के खाए ?
के के लाए के -के गरे ?
मलाई के को मतलब,
किनकी तिमीले खाएको,लाएको,गरेको
मैले नि गरिसके
मैले नि देखिसके तिमीले देखेका तस्बिरहरु
तिम्रा ति ठूला घर अनि चिल्ला गाडी
मैले नि देखिसके, मैले नि भोगिसके
त्यसैले किन मेरो समय बरबाद गर्दैछौ
बरु सक्छौ भने
बर्णन गर तिम्रा तस्बिरहरु
कि किन तिनीहरु महत्वका हुन् ?,
किन मैले हेर्नुपर्ने तिम्रा तस्बिरहरु ?
सक्छौ भने
देखाउ तिम्रा कर्महरु, सिकाउ तिम्रा मन्त्रहरु
ता की तिमी मेरो आदर्श ब्यक्ती बन्न सकौ
हे फेसबुक
विश्वाश दिलाउ सारा जगतलाई
कि
तिम्रा भित्ताले अब कसैको आत्महत्या गराउने छैन,
कसैको चरित्र हत्या गर्ने छैन,
कसैलाई इर्स्यालु बनाउने छैन, अपराधी बनाउने छैन
लगाउ अँकुश तिम्रा सदस्यहरुलाई,
ता की
तिमी दोषी बन्न नपरोस् , तिमी हत्यारा बन्न नपरोस्
तिम्रो भित्ताले सामाजिक सद्भाव खल्बलिन दिने  छैन,
हे मेरो प्यारो साथी फेसबुक
अब मलाई प्रेरणा देउ,
मलाई समाजका प्रतिष्ठित ब्यक्ति चिनाउ
सत्कर्म गराउ, सुमार्ग देखाउ
अनुशासन र नैतीकता पढाउ
किनकी तिमी मेरो जीवन हौ,
तिमी नै मेरो पुस्तक हौ।