अमृत गुरुङ सहितको नेपथ्यको टोली कास्कीको माछापुच्छ्रे गाउपालिकामा


पोखरा -विगत लामो समय देखी गीत संगितको माध्यमबाट शिक्षाको क्षेत्रमा सहयोग गर्दै आएको राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्याण्ड नेपथ्यको एक टोली मंगलबार कास्कीको माछापुच्छ्रे गाउपालिका साविक ल्वाङघलेलमा रहेको गौरी शंकर मनिलाल माध्यामिक बिद्यालयमा पुगेको छ ।

चैत २६ गते पोखरा रंगशालामा फेरी उठ्ने छ नेपालको दोश्रो संस्करण नेपथ्य ब्याण्डबाट प्रस्तुती हुने भए पछि उक्त कार्यक्रमबाट बचत केही रकम उक्त बिद्यालयलाई सहयोग गर्ने भएकोले त्यसको पुर्वसन्ध्यामा एक टोली मंगलबार बिद्यालय पुगेर अवलोकन गरेको हो । मनिलाल बिद्यालयको अवलोकन गर्दै अन्तराष्ट्रिय ख्याती प्राप्त पोखरेली गायक अमृत गुरुङले माओबादी द्धन्द कालमा लोक भाका सहित पुराना संस्कारहरु धेरै हराउदै गएकोमा चिन्ता व्यक्त गरेकाछन । आफु २२ बर्ष पछि उक्त बिद्यालयमा पुग्दा धेरै परिवर्तन भएको बताउदै उनले भने “ फ्यान मेरो लागि भगवान हुन, लोक भाका माओबादी द्धन्दकालबाट हराउदै गएको छ, लोक भाकाको पुस्ता हस्तान्तरण गर्ने समय द्धन्दले गर्दा गाँउ गाँउबाट विस्थापित भए । ”

पोखरामा ३ बर्ष पछि आफ्नो गायन प्रस्तुत गर्ने तयारीमा रहेका गायक गुरुङले पोखरामा आफ्नो प्रस्तुतिमा गरिब ४÷५ वटा नयाँ गित हुने बताए । दुई घण्टाको प्रस्तुतिमा आफ्नो मोड अनुसार र दर्शकहरुको चहाना अनुसार गितहरु प्रस्तुत हुने समेत उनले बताए । पोखरामा पछिल्लो क्रममा फोहोर प्रदुषण बढ्दै गएकोमा चिन्क्ता व्यक्त गर्दै गायक गुरुङले ट्राफिक लाईट, वेज्राक्रसिङ जस्ता कुरामा ख्याली नगर्ने उपर कडा कारवाही हुनुपर्ने उनले माग गरे ।

उक्त बिद्यालयको गुणस्तरिय शिक्षा सहित प्राविधिक शिक्षा संचालनको लागि आर्थिक सहयोग गर्ने भएको आयोजक किरण गुरुङले बताए । हाल पोखरा भिमकालिपाटन सिमपानी बस्दै आएका गुरुङले आफु जन्मे हुर्कीएको ठाँउ भएकोले उक्त बिद्यालयमा कम्पुटर सहितको गुणस्तरिय शिक्षाको लागि सहयोग गर्ने भएको बताए । उक्त कार्यक्रमबाट कास्कीकै सल्यान वासखर्कमा रहेको भुमेश्वर आधारभुत बिद्यालयमा समेत आर्थिक सहयोग प्रदान गरिने भएको गुरुङले जनाए ।

मनिलाल बिद्यालयका प्रधानाध्यापक रक्ष बहादुर क्षेत्रीले आफ्नो बिद्यालयमा हाल प्लस टुसम्म अध्ययन गर्ने करीब ३ सय जना बिद्यार्थीहरु रहेको बताए । बिद्यालयमा हाल केहि कम्पुटर तथा ल्यापटप भए पनि प्राप्त मात्रमा नभएकोले नेपथ्य ब्याण्डले केहि सहयोग गर्न लागेको बताए । बिद्यालयको प्राविधिक शिक्षा सहित बिद्यार्थीहरुको सिप मुलक शिक्षा दिने उद्धेश्यले नेपथ्यको सहयोग त्यस क्षेत्रमा खर्चिने उनले बताए । उक्त बिद्यालयमा करिब दुई घण्टा पैदल हिडेर बिद्यार्थीहरु अध्ययन गर्न आउने गरेको पुर्व प्रधानाध्यापक कुल प्रसाद अधिकारीले बताए ।

उनका अनुसार बिद्यालयमा कम्पुटर शिक्षा सहित खेल मैदान, मन्च, प्रोजेक्टर समेत आवश्यक छ । बिद्यालय अवलोकन गर्न पुगेका गायक गुरुङ सहितको टोलीलाई बिद्यालय संचालक समितिका जेष्ठ सदस्य तथा जग्गा दाता भक्ति गुरुङ सहित बिद्यार्थीहरुले अविर तथा फुलमाला लगायर बिद्यालयमा स्वागत गरेका थिए । बिद्यार्थीहरुले नृत्य समेत प्रस्तुतः गरेका हुन । पोखराका विभिन्न स्थानहरुमा उक्त कार्यक्रमको प्रबेश टिकट समेत उपलब्ध गराएको कार्यक्रम संयोजक विकेश कायस्थले बताए ।