जनसम्पर्क समिति स्पेनको प्रेस बिज्ञप्ति (सूचना /बिज्ञप्तिबाट)


नेपाली जनसम्पर्क समिति स्पेनको नवनिर्वाचित कार्यसमितिको २८ मार्च २०१७ तारिख मंगलवारको दिन हिमाली रेष्टुरेन्टमा बसेको प्रथम बैठकले विविध समसामयिक विषयहरु ऊपर छलफल गर्दै निम्नलिखित बिषयमा छलफल तथा केहि निर्णयहरू समेत गरेको छ।

  • बैठकको सुरूवातमा निर्वाचन समितिका संयोजक तथा संस्थापक अध्यक्ष श्री चिंतामणी सापकोटाले जनसम्पर्क समिति स्पेनका नवनिर्वाचित अध्यक्ष श्री इन्द्रप्रसाद शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनु भयो ततपश्चात अध्यक्षले नवनिर्वाचित कार्यसमितिका सदस्यहरूलाई शपथग्रहण गराउनु भयो।
  • निर्वाचन समिति र निवर्तमान कार्यसमितिले बुझाउनु भएको जनसम्पर्क समिति स्पेनको अभिलेखका कगजपत्र लगायत फाइलहरू, सर सामग्रीहरू, हरहिसाबका आर्थिक प्रतिवेदनहरू लगायत सम्पूर्ण समानहरूको बरबुझारथ अध्यक्ष इन्द्रप्रसाद शर्माले बूझिलिनु भयो।
  • आउँदै गरेको गरेको नयाँ वर्ष २०७४ सालको उपलक्ष्यमा नेपाली जनसम्पर्क समिति स्पेनले सधै जस्तो यसपटक पनि शुभकामना आदान-प्रदान तथा सांस्कृतिक कार्यक्रम आउँदो अप्रिल १७ तारिख बार्सीलोनामा धूमधाम साथ मनाऊने निर्णय गरेको छ। यसका लागि अध्यक्ष इन्द्रप्रसाद शर्माको संयोजकत्वमा सम्पूर्ण कार्यसमिति नै सदस्य रहने गरी, तयारी समिति गठन भएको जानकारी गराउँदछु।

महा-मन्त्री
रामप्रसाद सापकोटा ‘बिराज’
नेपाली जनसम्पर्क समिति स्पेन