स्पेन र पोर्चुगलमा सुनामीको चेतावानी (भिडियो हेर्नुहोस्)


जब भूकम्प,ज्वालामुखी या भूस्खलन समुद्र सतहमा हुन्छ तब पानी विस्थापित हुँदै जान्छ,दक्षिण अफ्रीकाको एक तस्बिर:-

स्पेन/ “ला ग्रान ओला” अर्थात् “ठुलो लहर” नामक एक बृतचित्रले स्पेन र पोर्चुगलमा सम्भावित भूकम्प र सुनामीको चेतावनी दिएको छ। जब भूकम्प र भूस्खलन समुद्र सतहमा हुनेछ, त्यसले पानी विस्थापित गर्दै जाने छ र सुनामीको सुरुवात हुनेछ र जव पानीको उचाई कैयौ मिटर बढ्ने छ यसले बस्ती ईलाकामा ठुलो असर गर्ने छ बृतचित्रमा दुवै देशका बैज्ञानिकहरुले दाबी गरेका छन्। यसका कारण सयौ मानिस प्रभावित हुने भविष्यबाणी गरिएको छ।बेलायतबाट प्रकाशित एक अनलाईन डेलीमेलमा लेखिएको छ,”वैज्ञानिकहरुको तयार गरेको एक नयाँ वृतचित्रको दाबी अनुसार स्पेन र पोर्चुगलको तट क्षेत्रमा कम्तिमा सयौ मान्छेको ज्यान जाने सक्ने खतरा छ।” बैज्ञानिकहरुले १७ औ शताब्दीको लिस्बन भूकम्पको घटना दोहोरिन सक्ने चेतावनी समेत दिएका छन्। घटनामा १० हजार भन्दा बढी मान्छेले ज्यान गुमाएका थिए।