नेपाली नयाँ वर्षमा पोखरामा दोश्रो कवितमा कन्सर्ट हुने


पोखरा – नेपाली नयाँ वर्षमा पोखरामा दोश्रो कवितमा कन्सर्ट हुने भएको छ । बैशाख २ गते कविताको उर्वरभुमि पोखरामा कविता कन्सर्ट आयोजनाको तयारी भैरहेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

कन्सर्टमा काठमाडौबाट निम्त्याइएका तिन जना कविले कविता बाचन गनेृ छन भने आजसम्म कवितामा गाइएका अथवा नगाइएका कवितालाई तिन गायकगायिकाले प्रत्यक्ष बाद्ययवादनमा प्रस्तुत गर्ने कार्यक्रम संयोजक उपेन्द्र पौडेलले बताए । कार्यक्रममा चर्चित कविहरु विप्लव ढकाल, उपेन्द्र सुब्बा र मोमिला जोशीले पोखरेली कविताप्रेमीलाई कविताको स्वाद चखाउने छन् भने कर्ण दास, लोचन भटराई र इतु जोजिजुले कविता गाउने छन् ।
कार्यक्रमा १२ कविता वाचन र ८ कविता गाइने पत्रकार सम्मेलनमा जानकारी दिइयो । कन्सर्टमा आदिकवि भानुभक्त आचार्य, सिद्धिचरण श्रेष्ठ देखि कवि तीर्थ श्रेष्ठ सम्मका कविलाई कविता गायनमा जोडने इभेन्ट संयोजक सञ्जय मल्लले बताए । केही नयाँ कार्यक्रम गर्ने प्रयास स्वरुप कवितामा कन्सर्ट कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ ।

हरेक क्षेत्रमा ब्यवसायिकता हँुदैन तर ब्यवसायीकधारमा परिर्वतन गर्न सकियो भने त्यसको दिर्घकालिन प्रतिफललाई नकार्न सकिन्न कार्यक्रम संयोजक उपेन्द्र पौडेलले भने ‘त्यसैले कविता कन्सर्ट कवितालाई सन्ने र सुनाउने भन्दा माथि उठाएर यसको ब्यवसायीकताको खोजीका माध्यम हो ।’ कन्सर्टमा प्रवेशका लागी ५ सय र १ हजार रुपैयाँ दरको टिकटको ब्यवस्था गरिएको छ । ‘पाँच सहय र एक हजारको शुल्क सहितको प्रवेशको ब्यवस्था गरेका छौ, उक्त शुल्कबाट स्वागत र धन्यवाद सहितको ड्रिङको ब्यस्था समेत गरेका छौ ’संयोजक पौडेलले भने ।