गैरआबासीय नेपाली संघले ‘नमस्ते अभियान’ सञ्चालन गर्दै


काठमाडौं । पर्यटन प्रबर्धनका लागि एनआरएनएले ‘नमस्ते अभियान’ सञ्चालन गर्ने भएकाे छ ।गैरआवासीय नेपाली संघ अन्तरगतको नेपाल पर्यटन प्रबर्द्धन समिति र निजी क्षेत्रका पर्यटन सम्बन्धी संघ, संस्थाहरुको आयोजनामा यही अप्रील ९ तारिखमा पर्यटकीय शहरहरुमा यो अभियान सञ्चालन गर्न लागेको हो ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको नेपाल पर्यटन प्रबर्द्धन समितिका अध्यक्ष भवन भट्टका अनुसार संघले काठमाडौ,पोखरा,लुम्बिनी र चितवनबाट यो अभियान सुरु हुँदै छ।

नेपालको अर्थतन्त्रमा पर्यटन महत्वपूर्ण आधार भएकोले यसको प्रबर्द्धन गर्ने उद्देश्यले संघले यो अभियान सञ्चालन गर्न लागेको हो। मुख्य गरी यो अभियानबाट सरोकारवालाहरुलाई पर्यटन व्यवसायमा प्रेरित गर्दै मौलिक सभ्यता तथा संस्कृतिहरुका बारेमा पर्यटकहरु जानकारी गराउन प्रेरित गरिने छ।साथै पर्यटकहरुप्रति गरिने व्यबहार परिवर्तनमा समेत अभियानले सहयोग पुर्‍याउने लक्ष्य राखिएको छ ।