स्टकहोम घटनामा नेपालीहरु सुरक्षित,एनआरएनद्वारा सतर्कता अपनाउन अनुरोध


स्टकहोम/ स्वीडेनको राजधानी स्टकहोमको मध्य भागमा एउटा लरी एउटा पसलमा ठोक्काइँदा भएको घटनामा नेपालीहरु नपरेको एनआरएनए स्विडेनले जनाएको छ। आतंकवादी हमला ठानिएको उक्त घटनाबाट सबै नेपालीहरु सुरक्षित रहेको बिज्ञप्ति निकाल्दै एनआरएनले सबैलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो।

स्वेडिश ब्रुअरी कम्पनी स्पेन्ड्रप्सको लरीलाई अपहरण गर्दै पसलमा ठोक्काइँदा हालसम्म ३ जनाको मृत्यु र ८ जना भन्दा बढी घाइते भएका छन्।

घटना पछि एनआरएनए स्वीडेनले बिज्ञप्ति जारी गर्दै  स्तब्ध र दु:खी भएको जनाएको छ। संघले आतंककारी हमलाको घोर भर्सना गर्दै ज्यान गुमाउनेहरू प्रति श्रदाञ्जली व्यक्त गरेको छ। यस्तै घाईतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ।

स्टकहोल्ममा बस्ने नेपालीहरू चनाखो एबं सुरक्षित रहन भन्दै  यस्तो अबस्थामा आ-आफनो ठाउँबाट उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।unnamed-8