कथाकार मन्दिरा मधुश्रीको कथा कृति ‘बुधनको घोडी’को पोखरामा चर्चा


पोखरा – कथाकार मन्दिरा मधुश्रीको कथा कृति ‘बुधनको घोडी’को पोखरामा चर्चा गरिएको छ । हरेक महिनाको अन्तिम शनिबार कुनै किताब वा विषयमाथि परिचर्चा गर्दै आएको ¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालले आफ्नो ७३ औँ कार्यव्रmममा मधुश्रीको सो कृतिमाथि परिचर्चा चलाएका हो ।

कृतिको चर्चा गर्दै पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष दीपक समीपले ‘बुधनको घोडी’ एउटा राम्रो कथा कृति भएको बताउनुभयो । पुस्तकभित्रका अधिकांश कथा अब्बल रहेका भन्दै समीपले मन्दिराको लेखन शैलीको प्रशंसा गर्नुभयो । ‘फरक फरक विषयवस्तुमा पनि कथाको बुनोट र प्रस्तुतीको शैली उच्च कोटिको रहेको छ’ समीपले भन्नुभयो, ‘ती कथा पढिरहँदा मन्दिरा मधुश्रीको आगमन नेपाली आख्यान विधाका लागि उल्लेखनीय छ भन्ने लागेको छ ।’

कथाकार मधुश्रीले साहित्यकारहरुमा इमानदारी हुनुपर्नेमा जोड दिनुभयो । आफूले समाजमा देखेका र भोगेका घटनालाई इमानदारीपूर्वक प्रस्तुत गरेको भन्दै उहाँले राम्रा सिर्जना हुँदा हुँदै पनि प्रकाशकहरुले वास्ता नगर्ने परिपाटीप्रति दुखेसो गर्नुभयो । खोव्रmो आडम्बरमा बाँच्ने समाजको यथार्थ देखाउनु आफ्नो लेखनको उद्देश्य भएको मधुश्रीको भनाइ थियो ।

कार्यव्रmमका अध्यक्ष तथा सोसाइटीका उपाध्यक्ष केशवशरण लामिछानेले आगामी वैशाख महिनामा मीनराज वसन्तको उपन्यास ‘मुदिर’माथि उदिपराज ढुङ्गानाले परिचर्चा गर्नुहुने जानकारी दिनुभयो । सोसाइटीका सचिव रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यव्रmममा सरस्वती प्रतीक्षा, गीता पोखरेल, गीता तिवारीलगायतले टिप्पणी गर्नुभएको थियो ।