पोखरामा अमृत नाँचे, उर्फिए, कुर्लीए अनि दर्शकको ध्यान खिचिनै रहे (फोटोफिचर)


राजाराम पौडेल,पोखरा- तीन वर्ष पछि आफ्नो होम टाउनमा नेपथ्यले गरेको कन्र्सटमा मौसमले पनि साथ दियो । अन्य दिन लगातार असिना पानी परेको पोखरामा शनिबार विहानैदेखि मौसम खुल्यो । साच्चै नेपथ्यले दर्शकको मात्र नभएर पोखराको प्राकृतिक सुन्दरताको साथ पायो ।
DSC_2764

लोक लय आधारित पप गीत गाएर देश विदेशमा परिचित बनेको नेपथ्य समुहको प्रस्तुतीलाई दमदार बनाउन अमृत गुरुङको जोश नै काफी देखियो । उनको जोश हेर्न लायक देखिन्थ्यो । उनको जोशमा पोखरेलीले खुलेरै साथ दिए । गीत गाउनुभन्दा बढी अमृत नाँचे, उर्फिए, कुर्लीए अनि दर्शकको ध्यान खिचिनै रहे ।
DSC_2897

फेरी उठ्ने छ नेपाल नामक इभेण्टको दोश्रो संस्करणको रुपमा पोखरामा कन्र्सट भएको हो । कन्र्सटको आयोजना पोखरा भिमकालिपाटन सिमपानीका किरण गुरुङ र सोनाम गुरुङले गरेका थिए । हुन त कार्यक्रम कुनै संस्थाको आयोजनामा नभई व्यक्तिको आयोजनामा हुनु राम्रो नभएको भनेर टिकाटिप्पणी सामाजिक सञ्जालमा भए ।
DSC_2846

कार्यक्रम गर्नुको उद्धेश्य भने कास्की ल्वाङघलेलको गौरी शंकर मनिलाल उच्च मावी र साविक ल्वाङघलेलमा रहेको गौरी शंकर मनिलाल मावीको सहयोगार्थ थियो ।
DSC_2965

कार्यक्रमको सुरुवातमा कुरुप अनुहार हो यहाँ कोही साथी छैन बोलको गीत गाउँदै स्टेजमा देखिए । साहित्यकार सरुभक्तले लेखेको, पोखरेली कलाकार विक्रम गुरुङले कम्पोज गरेको यस गीतबाट शुभारम्भ गरेका उनको प्रस्तुती दुईघण्टा अवधिसम्म रह्यो ।
DSC_2957

त्यसपछि भेडाको उन जस्तो, छेक्यो छेक्यो देउराली डाँडा, आगनैभरी, शिर फुल सिरैमा, खान्न म त लामपाते सुरती, साइली माइली मेलैमा, जोमसोमे बजारमा, जोगले हुन्छ भेट, हो राम्मा राम्मा, आमा, कोशीको पानी, गाउँ गाउँबाट उठ, हिमाल चुचुरे, मै नाचे छमछमती, रेशम, तालको पानी, तिमि पनि नेपालि म पनि नेपाली गरी नयाँ तथा पुराना १८ वटा गीत सुनाए । यि गीतहरु सुनाउँदा अमृत घरी जोशीन्थे, घरी भावुक बन्थे । आमा बोलको गीत सुनाउदाँ उनी भक्कानिए पनि ।

DSC_2943

गीत सुनाउदैै गर्दा उनले विभिन्न प्रसंग झिक्दै दर्शकलाई हौसाए । धेरै कुरा देशकै बारेमा गरे ।

अमृतलाई ड्रममा धुव्र लामा, बेस गितारमा सुदिन शाक्य, मादलमा शान्ति रायमाझी, किर्बोडमा सुरज थापा र गीतारमा निरज गुरुङको साथ थियो । रायमाझीले रोचक तरिकाले बजाएको मादल र निरजले बजाएको गीतारले दर्शकलाई आर्कषित ग¥यो ।
DSC_2939

कार्यक्रम हेर्न पुग्ने महिला र पुरुष दर्शकको लागि छुट्टाछुट्टै ठाउँ तोकिएको थियो । यसले कन्र्सट हेर्न पुग्ने महिलालाई सहजता बनायो । कार्यक्रममा पोखरेली दर्शक, पोखरा घुम्न आएका आन्तरिक पर्यटकको अलावा विदेशी पर्यटक समेत देखिन्थे ।
DSC_2842
नेपथ्य स्थापनको २५ औं वसन्त प्रबेसको अवसरमा पोखराबाट रजत जयन्ती कार्यक्रम सुरु भएको हो । यो वर्ष भरी विभिन्न कार्यक्रम लिएर नेपथ्य देशका विभिन्न भाग पुग्ने तयारीमा रहेको नेपालयका अपर्ण शर्माले बताए । ‘२५ बर्ष अघि अप्रिल एकमा हाम्रो पहिलो एल्वम सार्वजनीक भएको थियो, अप्रिलको पहिलो हप्तामै पोखराबाट सांगीतीक कार्यक्रम सुरुवात भएको छ, यो हाम्रो अभियान देश र विदेशसम्म रहनेछ’ उनले भने ।
DSC_2965
DSC_2818
DSC_2820