नेपाली नयाँ वर्ष इभलाई रमाइलो बनाउन पोखरामा विभिन्न कार्यक्रम आयोजना


राजाराम पौडेल,पोखरा- लाइभ म्युजिक, फेसन सो, विभिन्न परिकारको स्वादमा रमाउने व्यवस्था लगायतका कार्यक्रमको आयोजना पोखरामा हुदैछ । नेपाली नयाँ वर्ष २०७४ को इभलाई रमाइलो बनाउने यी कार्यक्रम हुन लागेका हुन् ।

नेपाली नयाँ वर्षलाई लक्षित गरेर पश्चिमाञ्चल होटल संघले फेवा नववर्ष महोत्सवको आयोजना गरेको छ । महोत्सव अन्र्तगत चैत्र ३१ गते पप गायक सुगम पोखरेल एण्ड द भिक्टोरी र दार्जलिङको व्याण्ड मन्त्रको प्रस्तुती सँगै नयाँ वर्षलाई स्वागत गरिनेछ । महोत्सवमा चैत्र ३० गते कालि प्रसाद बास्कोटाको प्रस्ुतती हुनेछ ।

नयाँ वर्ष इभमा ओजन रेष्टुरेन्ट एण्ड बार लेकसाइडमा २० जना मोडलहरुको सहभागीतामा तीन सिक्विन्समा फेसन सो हुनेछ । विभिन्न नृत्य समुह र व्याण्डको साँगीतिक कार्यक्रमले माहोल तताउदै नयाँ वर्षलाई स्वागत गर्ने तयारी तहाँ हुनेछ ।

टोल विकास समितिको आयोजनामा पोखराको दमकल मार्गमा ‘माफ पाउ साँझ २०७४’ को आयोजना गरिनेछ । कार्यक्रममा गायिका तथा बेलि डान्सर प्रिति आलेमगर, गायक जय कुमार परियार, ओम गुरुङ, चिना थापा मगर, पदम थापा मगर, हास्यँकलाकार सुरज भिरखोइरे, डान्सर मुस्कान घले, रविना चालिसे, जादुगर बलराम सरकार, कमेडी सिरियल खै कुन्नी युनिट रहनेछन् । कार्यक्रम साँझ ५ बजेबाट राती १२ बजेसम्म हुनेछ ।
पोखरा लेकसाइडको माउन्ट कैलाश रिर्सोटमा गाला डिनर पार्टी हुनेछ । ३१ गते बेलुकी ७ बजेबाट सुरु हुने कार्यक्रममा डिजे सेर्पानी, आर के स्क्वायर व्याण्ड र कल्चरल सो मार्फत माहोल तात्नेछ ।

यसका अलावा पोखरामा रहेका रिर्सोट, होटल, रेष्टुरेन्टले विभिन्न कार्यक्रम गर्दै नयाँ वर्षलाई स्वागत गर्नेछन् । यसका साथै यहाँ रहेका दोहोरी साँझ र गजलसाँझले पनि विशेष कार्यक्रम गर्दै नयाँ वर्षको स्वागत गर्ने तयारी गरेका छन् । पोखरामा नेपाली नयाँ वर्ष मनाउन पुग्ने आन्तरिक पर्यटकको संख्या वर्षेनि बढ्दैछ ।