भूकम्पले क्षतिग्रस्त बिद्यालय,एनआरएन स्पेनले बनायो


बार्सिलोना/ गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले भूकम्पबाट क्षतिग्रस्त बिद्यालय बनाएको छ। धादिङ् जिल्ला स्थित श्री मनरुपी माध्यमिक बिद्यालयको दुई कोठे पक्की भबन संघले बनाएको हो।

संघका अध्यक्ष मुक्त बहादुर गुरुङका अनुसार भवन निर्माणका लागि ११ लाख १० हजार ८ सय ६६ रुपैयाँ खर्च भएको छ। उनले भने,”एक एनसीसी एक परियोजना अन्तर्गत भूकम्पबाट क्षतिग्रस्त बिद्यालय बनाएका हौ,”१० लाख ४० हजार रुपैयाँ पठाईसक्यौ, बाँकी ७० हजार रुपैयाँ भबन निर्माण समितिको बैङ्क खातामा पठाउँदै छौ।”

बिनाशकारी भूकम्पका कारण, निलकण्ठ – ११ सांकोष भोर्लेमा रहेको, ११ कोठे बिद्यालय भबन क्षतिग्रस्त भएको थियो। भूकम्पबाट बचेका बिद्यालयका ४- ५ वटा कोठाहरु पनि चर्किए पछि एनआरएनए स्पेनले पुन;निर्माणमा चासो देखाउदै निर्माण काम सम्पन्न गरेको हो।

भूकम्प जाँदा एनआरएनए स्पेन र यहाँ स्थित संघ संस्थाहरुले मिलेर राहत संकलन गरेका थिए। स्पेनमा गठित भूकम्प पिडित राहतकोषबाट करिब १ लाख ३ हजार ५ सय युरो एनआरएन केन्द्रको राहत कोषमा पठाईएको थियो।

बाँकी रहेको रकमबाट नै धादिङ्को मनरुपी माध्यमिक बिद्यालयको दुई कोठे भबन निर्माण सम्पन्न भएको हो। रकम संकलन अभियानमा नेपाली समुदाय बाहेक,स्पेनिसहरुले पनि सिधै खातामा रकम जम्मा गरेर सहयोग गरेका थिए।

एनआरएन स्पेनद्वारा भवनको निरक्षण तथा अनुगमन

निर्माणको सम्झौता अनुसार बिद्यालयको भवन निर्माण भए,नभएको बारे एनआरएन स्पेनले निरिक्षण तथा अनुगमन गरेको छ। राष्ट्रिय समन्वय परिषद स्पेनका सचिव सुनिल रानाभाट धादिङ् पुगेर नै बिद्यालय भवनको निरिक्षण गरेका हुन्।

बिद्यालयले बुधबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै सम्झौता अनुसार नै भवन निर्माण सम्पन्न भएकोमा खुशी ब्यक्त गर्दै निर्माण समिति तथा स्थानीय अभिभाबकहरुलाई रानाभाटले धन्यबाद ब्यक्त गरे। सो अबसरमा उनले बिद्यालयका सर्बोत्कृष्ट छात्र छात्रालाई पुरस्कृत समेत गरेका थिए।

एनआरएन स्पेनका सचिव सुनिल रानाभाट बिद्यालय निरिक्षण तथा अनुगमन कार्यक्रममा
एनआरएन स्पेनका सचिव सुनिल रानाभाट बिद्यालय निरिक्षण तथा अनुगमन कार्यक्रममा

एनआरएनए स्पेनका आईसीसी सदस्य एकराज गिरी तथा पुर्व  प्रबक्ता सन्तोष श्रेष्ठ गत बर्ष धादिङ् पुगेर बिद्यालयको शिलान्यान्स गरेका थिए। बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष टंकप्रसाद धमला र प्रधानध्यापक टोप बहादुर गुरुङलाई काम सुरु गर्न पहिलो चरणको रकम हस्तान्तरण गर्दै भबनको शिलान्यास भएको थियो। जन श्रमदान सहित एनआरएन स्पेनको सहयोगमा सम्झौता अनुरुप नै बिद्यालय निर्माण भएकोमा आईसीसी सदस्य गिरीले खुशी ब्यक्त गरेका छन्।

आईसीसी सदस्य गिरी र पुर्ब प्रबक्ता श्रेष्ठको उपस्थितिमा गत बर्ष भएको शिलान्यास कार्यक्रम
आईसीसी सदस्य गिरी र पुर्ब प्रबक्ता श्रेष्ठको उपस्थितिमा गत बर्ष भएको शिलान्यास कार्यक्रम