पोखरा ट्रेड मलमा फेशन ट्रेड कार्यक्रम शुरु


पोखरा – पोखराकै एकमात्र ठूलो ब्यापारिक मल पोखरा ट्रेड मलले नेपाली नयाँ वर्षको अवसर पारी फेशन ट्रेड कार्यक्रम शुरु गरेको छ । नया वर्षको अवसर पारी वैशाख १ गते बम्पर उपहार योजना सहित फेसन ट्रेड र विविध सांस्कृतिक कार्यक्रम शुरु गरेको हो ।

जस अन्तर्गत शुक्रबार फेसन शो को आयोजना ग¥यो । पोखरा ट्रेड मलको आयोजना र फेसियल हाउसको संयोजनमा शुक्रबार सम्पन्न फेशन शोमा ७ जना मोडलहरुले फेशन शो गरेका थिए । शोमा अमिसा बराल, एलि थापा, रश्मी पुन, वर्षा शिलवाल, मनिशा हमाल, स्मीता सुनार र शैलताज कुवरले विभिन्न विद्यामा फेशन शो गरेको फेसियल हाउसको सञ्चालक शुष्मा महराले जानकारी दिइन ।

प्रत्येक हप्ताको शुक्रबार फेशन ट्रेडलाई निरन्तरता दिने र शो कार्यक्रममा नया नया फेसन डिजाइनरहरुले आफ्नो डिजाइनको बारेमा जानकारी दिन सक्ने फेशन शोको कोरियो ग्राफर ब्रेभ इन्टरटेन्मेन्टका सञ्चालक बिजय क्षेत्रीले बताए । शुक्रबार सम्पन्न कार्यक्रममा बिग आइकन २०७३ का बिजेता सुभास गुरुङ र शान्ति नेपाली ले गीत मार्फत दर्शकलाई मनोरन्जन प्रदान गरेका थिएभने भावना गुरुङले नृत्य प्रस्तुत गरेकी थिइन । trade

जेठ २६ गतेसम्म सञ्चालन हुने कार्यक्रम अन्तर्गत विगतमा जस्तै बम्बर उपहारहरु, विंगो हंगामा, फेशन शो र विविध सास्कृतिक कार्यक्रम समावेश गरिएको पोखरा ट्रेड मलका सचिव माधव तिमिल्सिनाले जानकारी दिए । बम्पर उपहार योजनामा ग्राहकले मल भित्र न्युनतम एक हजारको सामान खरिदमा एउटा कुपन प्राप्त गर्ने र साप्ताहिक रुपमा सञ्चालन हुने विंगो हंगामा खेलमा २० हजार रुपैया सम्म जित्न सक्नेछन् । विंगो खेल मार्फत एक सातामा एक देखि पाँच जना सम्मले नगद जित्न सक्नेछन् । वा एकै जनाले २० हजार रुपैया पनि प्राप्त गर्न सक्नेछन् ।

ट्रेड मल भित्र एक हजारको सामान खरिदमा एउटा र २५ सय वा सो भन्दा बढीको सामान खरिदमा तीन थान उपहार कुपन प्राप्त गर्नेछन् । बम्बर उपहार योजना अन्तर्गत अन्तमा पहिलोलाई वासिङ मेसिन, दोस्रोलाई ३२ इन्चको एलइडी टिभी र तेस्रो हुनेलाई फ्रिज उपहार प्रदान गरिनेछ । बम्बर उपहारको नतिजा लक्की ड्र मार्फत जेठ २७ गते दिउसो ३ बजे घोषणा गरिने पोखरा ट्रेड मल एण्ड हाउजिङ प्रालिले जनाएको छ ।

नया वर्षको अवसर पारी शुक्रबार नै पोखरा ट्रेड मल भित्र रहेको अन्तराष्ट्रिय स्तरको फेसियल हाउसको औपचारिक शुरुवात गरिएको छ । शुक्रबार पोखरा टे«ड मल तथा हाउजिङ प्रालिका अध्यक्ष बिन्दु कुमार थापा र फेसियल हाउसका सञ्चालक शुष्मा महराले संयुक्त रुपमा फेसियल हाउसको उद्घाटन गरेका थिए । पोखरा ट्रेड मलले यसअघि नेपालीको महान पर्व दशै र तिहारको अबसरमा ‘दशैतिहार बम्बर उपहार योजना ’ सञ्चालन गरेको थियो ।