नेतृत्व प्रति असन्तुष्ट जनाउँदै,संस्थापकहरुद्वारा जनप्रगतिशील मञ्च छोडेको घोषणा


बार्सिलोना/ नेपाली जनप्रगतिशील मञ्च स्पेनको नेतृत्व प्रति असन्तुष्टि जनाउँदै मञ्चका संस्थापक अभियन्ताहरुले मञ्च छाडेको घोषणा गरेका छन्। सोमबार एक बिज्ञप्ति जारी गर्दै संस्थापक अध्यक्ष ईश्वर शर्मा सहितका अभियन्ताहरुले मञ्च छाडेको घोषणा गरेका हुन्।

नेपालमा बिभिन्न चिरामा बिभाजित माओबादी पार्टीहरुलाई एकताको एउटै मालामा उन्ने सन्देशको लागि भन्दै नेपाली जनप्रगतिशील मञ्च स्पेनले सन् २०१५ अप्रिलमा एकीकरणको घोषणा गरेको थियो । घोषणा गरेको ठिक २ बर्ष पछि नेतृत्व प्रति असन्तुष्टि जनाउँदै तीन जना अभियन्ताहरुले मञ्च छाडेको घोषणा गरेका छन्।

तीनै जनाको हस्ताक्षर सहितको बिज्ञप्तिमा लेखिएको छ,” एकता पश्चात जुन सहमतीय भावनाले अगाडी बढ्नु पर्नेमा त्यसको ठिक बिपरित नेतृत्व एकलौटी मनोमानी ढंगले अगाडी बढेको छ, तथा स्पेनमा संगठनको जिम्मेवार व्यक्तिको सहभागीताको सवालमा संगठनको पुर्ण बैठक मार्फत कार्यसमिति तथा सल्लाहकारले राखेको मत र सोको निर्णय बिपरित ६ महिना भन्दा बढी समय संगठनलाई अनिर्णयको बन्दी बनाएकाले मञ्च छोड्नु परेको हो।”

स्पेनमा सन् २००८ देखि नेपाली समुदायमा सक्रिय रुपमा देखिदै आएको जनप्रगतिशील मञ्च सन् २०१२ देखि दुईबटा मञ्चको रुपमा देखिएको थियो। सन् २०१५ अप्रिलमा एकता भयो भने जुन महिनामा एकताको अधिबेशन हुँदै गंगाप्रसाद भुसाल अध्यक्षमा सर्बसम्मत चयन भएका थिए।

मञ्च छोडेको घोषणा सहित जारी गरिएको बिज्ञप्ति जस्ताको तस्तै:-

हामीले किन नेपाली जनप्रगतिशील मञ्च स्पेन छोड्नु पर्यो ?

-एकता पश्चात जुन सहमतीय भावनाले अगाडी बढ्नु पर्नेमा त्यसको ठिक बिपरित दिशामा नेतृत्व एकलौटी मनोमानी ढंगले अगाडी बढेकोले।

-NRNA स्पेनमा संगठनको जिम्मेवार व्यक्तिको सहभागीताको सवालमा संगठनको पुर्ण बैठक मार्फत कार्यसमिति  तथा सल्लाहकारले राखेको मत र सोको निर्णय बिपरित ६ महिना भन्दा बढी समय संगठनलाई अनिर्णयको बन्दी बनाएकाले (जस्तै:-NRNA को अधिबेशनमा संगठनद्वारा हालिएको सबै उम्मेदवारी थुतने तर  एक जनाको उपाध्यक्ष पदमामात्र बाँकी राखी स्वयम नेतृत्वले यता संगठनमा भाग नलिने भन्ने उता हामीले एकजना पठाएका छौनी भन्ने र म छु मिलाउछु भनिदुई किसिमको चरित्र प्रदर्शन गर्ने)

-NRNA स्पेन को अधिबेशनमा संगठनको सम्मानजनक उपस्थिति लाई अन्य संगठनले स्वीकार नगरे पश्चात NPPF स्पेनले NRNA स्पेनमा कुनै पनि गतिबिधिमा सहभागिता नजनाउने सर्बसम्मत निर्णयलाई ब्यवास्ता गर्दै संगठनका जिम्मेवार नेतृत्वमा रहेका साथीहरु कुनै न कुनै बहानामा लहसिदै NRNA को बैठकमा समेत उपस्थिति जनाउने र बाँकी अन्य आफ्ना संगठनका साथीहरुलाई समाजको मुलधार बाट जबर्जस्त बाहिर अथवा समाज बिरोधी जस्तो रहेको देखाउने कुचेस्टा गर्ने।

-NRNA मा हाम्रो संगठनको सहभागीता बिना काम गर्न सकिएन,जसरी पनि आऊनु पर्यो,बिन्ति बिसायका छन भनि संगठनमा ब्रिफिंग गर्ने त्यसको ठीक बिपरित सम्युक्त बैठकमा तीन पटकसम्म जिन्मेवार ब्यक्तिहरू उपस्थित नहुनु र बिना निष्कर्ष बैठक टुंगिनु,यस सम्बन्धमा संगठनको तर्फवाट बक्तब्य निकाल्ने सांगाठानिक निर्णयलाई लत्याउनाले नेतृत्वको आफुलाइ ठुलो देखाऊने र अरुलाइ होच्याउने मात्रै मनसाय देखिएकोले।

संगठनको स्थापनाकाल  २००८  देखिनै स्पेनमा दुताबास स्थापनाको पहल एकल तथा अन्य संगठनहरूसंग मिली पहल गर्दै आएको बिषयलाई पुरै छाँयामा पार्दै हालै २०१७ मा बेल्जियम पुगेर युद्धस्तरमा पहल गर्ने भनि निर्णय गरेका छौ भन्ने त्यो पनि संगठनको निर्णय बिना, (के यो संगठन स्थापना काल देखि यतिका बर्ष मस्त निद्रामा  थियो भन्ने होत?

-नेपाली जनसम्पर्क समितिले आयोजना गरेको भलिबल प्रतियोगितामा नेतृत्वको व्यक्तिगत रिसीइबी कारण सहभागिता नजनाउने अपरिपक्क काम गरेकाले।

-नेपाली जनसम्पर्क समितिको हालै सम्पन्न अधिबेशनमा नेतृत्व चयनका लागि मतदान स्थलमै बसी व्यक्ति बिसेषलाई जिताऊ भन्दै चासो तथा प्रचारमा सहभागी भएकाले।

-हरेक बैठकमा आत्मालोचना गर्ने तर पुन: बिबास्पद निर्णय गर्दै जाने र सल्लाहकारहरुको कुनै पनि सल्लाह ग्रहणनै नगर्ने।

पुनश्च:-

हिजो संगठनको पदीय मर्यादा तथा सांगाठानिक लाइनका कारण NRNA स्पेन  लगाएत अन्य राजनैतिक संगठनहरुसंग जुन स्थानीय स्तरमा फरक मतहरु थिए ति आजैका मितिबाट सैदान्तिक रुपमा अन्त्य भएको जानकारी गर्दछौ र आगामी दिनहरुमा कुनै राजनैतिक रंगद्वारा लीपपोत बिना स्वतन्त्र रुपमा सहीलाई समर्थन र गलतलाई आलोचनात्मक ढंगले बिरोध गर्ने जानकारी गराउदछौ

साथै अन्त्यमा स्थापना काल देखि NPPF स्पेन मार्फत स्पेनमा बस्ने नेपाली समुदायलाई केहीन केही सकेको सकारात्मक सहयोग गर्ने प्रयास गर्दा हामीलाई समर्थन,हौशला सहयोग तथा माया गर्नुहुने सम्पूर्ण साथीहरुलाई हृदय देखि धन्यवाद शब्द्वारा सम्मान प्रकट गर्न चाहन्छौ

#नयाँ बर्ष २०७४ को सबैमा हार्दिक शुभकामना सहित!!!

ईश्वर शर्मा

महेश्वर कंडेल

गोपाल रेग्मी