अनुजा र अनिष बने फेसन आइकन–२


राजाराम पौडेल,पोखरा- ब्ल्यु रे प्रोडक्सनद्धारा पोखरामा आयोजित फेसन आइकन सिजन २ को महिला तर्फको उपाधि अनुजा थर्डराइले जितेकी छन् । पोखरा उद्योग वाणीज्य संघको सभाहलमा आयोजित ग्राण्ड फिनालिमा उनले वेष्ट क्याटवालकको सव टाइटल आफ्नो पक्षमा पारिन् ।

प्रतियोगीतामा दिव्यानी सिँह फस्ट रनर अप बनीन् । वर्षा रानाभाट सेकेन्ड रनरअप । दिव्यानीले बेष्ट कन्फिडेन्टको सवटाइटल र रानाभाटले वेष्ट फिगरको । यसैगरी स्मिता घलेले बेष्ट ड्रेस तथा अन्जना पोखरेलले बेष्ट हेयरको सव टाइटल हात पारे ।

फेसन आइकन २ को पुरुषतर्फको उपाधि अनिष गुरुङको पोल्टामा गयो । उनी बेष्ट फोटोजेनिक समेत बने । फष्ट रनरअप प्रवल गुरुङ र सेकेन्ड रनरअप संकल्प परियार बन्न सफल बने । गुरुङले वेष्ट पर्सनालिटि र परियारले मष्ट ट्यालेन्टको सव टाइटल पाए ।

भिवर च्वाइसको सव टाइटल किशोर सुनारले जित्दा सागर केसीले मष्ट स्टाइलिष्ट र मष्ट एक्टिभको सवटाइटल जिते । ग्राण्ड फिनालीमा विविध साँस्कृतिक प्रस्ुतती समेत राखिएको थियो ।