गजल,रोईला,सालैजोमा झुम्यो बार्सिलोना


बार्सिलोना/ लोक,गजल,रोईला सालैजो गीत संगीतमा स्पेनबासी नेपालीहरु झुमेका छन्। नयाँ बर्षको उपलक्ष्यमा सोमबार बार्सिलोनामा आयोजित कार्यक्रममा नेपालीहरु रमाएका हुन्। फरक-फरक विधाका गीतहरु गाउन सक्ने गायकको रुपमा परिचित थानेश्वर गौतमले बढ्दै गरेको बार्सिलोनाको गर्मी मौसमलाई झनै तताएका थिए।

मार्यो नि मायाले सालैजो,नौमती बाजाका गीतहरु,स्याङ्गजा गए,पाल्पा गए रोईला,बिर्सिएर शृङ्गारमा गाजल लगाईन्छ्यौ गजल लगायत चलचित्रका गीतहरु गाउँदै दर्शकलाई उफारे।

नेपाली जनसम्पर्क समिति स्पेनले आयोजना गरेको कार्यक्रममा अर्का गायक रामजी नेपाली पनि प्रमुख आकर्षण थिए। गायक नेपालीले पनि “जवानीमा तानेको गाजा”,”भिरको टुनी किन हो रुनी”,”सालैजो”लगायत आफ्ना चर्चित गीतहरु सुनाए। कार्यक्रममा नेपाली दोहोरी गीत प्रतिष्ठान युरोप शाखाकी अध्यक्ष सुमी घिमिरे सापकोटा र गायिका अनुजा थापाले पनि माहोल लोक संगीतमय नै बनाए।17974571_1517818554918966_1713773824_nक्यारिकेचरका लागि अब्बल मानिएका कलाकार सुजल भण्डारी तथा नेपाली पाठशाला बार्सिलोनाका बालबालिकाहरुले प्रस्तुतिले पनि कार्यक्रमलाई निकै रोचक बनाए।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद युरोप क्षेत्रका संयोजक कुल आचार्यले स्पेनबासी नेपालीहरुलाई शुभकामाना ब्यक्त गरे। बेलायतमा रहे पनि स्पेन आफ्नो दोस्रो घर भएको भन्दै स्पेनमा दूताबास स्थापना गर्ने सरकारको निर्णयलाई स्वागत गर्दै स्पेनबासीलाई बधाई दिए।17973950_1517524541615034_75128409_nसमितिका अध्यक्ष इन्द्रप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष चिन्तामणि सापकोटा,एनआरएनए अध्यक्ष मुक्त बहादुर गुरुङ,पर्यटन दूत दीपक खरेल,नेदरल्याण्डबाट आएका प्रतिनिधि हरी पौडेल लगायत स्पेन स्थित संघ संस्थाका प्रतिनिधिहरुले बोलेका थिए।

पहिलो चरणको कार्यक्रम महामन्त्री रामप्रसाद सापकोटा बिराज र सांगीतिक कायर्क्रम लक्ष्मण खत्री र अञ्जु तिमिल्सिना अधिकारीले संचालन गरेका थिए। औपचारिक कार्यक्रममा भने बोल्ने बक्ता तथा भाषण लामो बने पनि नयाँ बर्षमा रमाउँन गएका दर्शकहरु निकै असहज महशुस गरे।18035703_1517524308281724_887474704_n