रियल बन्यो लगातार सातौ पटक सेमिफाईनल पुग्ने पहिलो क्लव


स्पेन/ स्पेनिस क्लव रियल म्याड्रिड लगातार सातौ पटक च्याम्पियन्स लिग सेमिफाईनल पुग्दै नयाँ रेकर्ड बनाएको छ। सन् २०११  देखि सन् २०१७ सम्म लगातार सात बर्ष सेमिफाईनल पुग्दै नयाँ रेकर्ड बनाएको हो। यस अघि रियल र बार्सीलोनाको लगातार ६ पटक पुग्ने संयुक्त रेकर्ड थियो। बार्सिलोना फुटबल क्लवले सन् २००८ देखि सन् २०१३ सम्म लगातार ६ पटक सेमिफाईनल खेल्दै रेकर्ड बनाएको थियो।

क्रिस्टियानो रोनाल्डोको वायर्न म्युनिखविरुद्ध क्वाटरफाइनलअन्तर्गत दोस्रो लेगमा ह्याट्रिक गरे पछि रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाईनलमा पुगेको हो ।दुवै लेगमा गरी म्याड्रिडले समग्र ६-३ को अन्तरले म्युनिखलाई पाखा लगाउँदै सेमिफाईल प्रबेश गरेको हो।

मंगलबार राति भएको खेलमा निर्धारित समय भित्र वायर्नले म्याड्रिडलाई उसैको घरमा २–१ को नतिजा निकाले पछि खेल अतिरिक्त समयमा पुगेको थियो। किनकी यसअघि म्युनिखमा भएको पहिलो लेगको खेल म्याड्रिडले २–१ ले जितेको थियो। समग्रमा दुवैतर्फबाट गोल संख्या ३–३ भएपछि खेल अतिरिक्त समयमा पुगेको हो।

८२ मिनेटमा रेफ्रिको बिबादस्पद निर्णय गर्दै ,दोहोरो पहेँलो कार्ड पाउदै आर्टुरो भिडाल मैदानबाट बाहिरिन बाध्य भए। त्यसपछि म्युनिख १० खेलाडीमा सिमिति बनेको थियो। म्युनिखविरुद्ध क्रिस्टियानो रोनाल्डोले बराबरी गोल गरेको २ मिनेट नबित्दै रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले आत्मघाती गोल गरे पछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।

अन्तत रोनाल्डोले १ सय ४ मिनेट र १ सय ९ मिनेटमा गोल थप्दै आफ्नो ह्याट्रिक पुरा गरे। यो संगै रोनाल्डो च्याम्पियन्स लिगमा १ सय गोल गर्ने पहिलो खेलाडी बनेका छन्। रोनाल्डोको दोस्रो गोल अफसाईड थियो,तर रेफ्रीले गोल दिदै अर्को बिबादस्पद निर्णय गरे। रियलका लागि मारको एसेन्न्सियोले समेत १ सय १२ मिनेटमा गोल थप्दै जित झनै सुनिस्चित गरेका थिए।