न्यूयोर्कबाट इन्दिराको “अर्को जन्म”


न्यूयोर्क/ गीतकार इन्दिरा चेम्जोगंको गीति एल्बम “अर्को जन्म”को न्यूयोर्कको ज्यक्सन हाइटमा एक कार्यक्रमका विच विमोचन भएको छ। पाचँवटा नेपाली र एक लिम्बु भाषाको गरि ६ बटा गीत समाबिष्ट एल्वमको ५ बटा म्यूजीक भिडियो समेत विमोचन भएको हो।

कार्यक्रममा प्रमुख अतिथि एवं नेपाली कन्सुलर कृसु क्षेत्रीले इन्दिरका गीतहरु सस्कृती, देशभक्ति र प्रेमकथाको त्रिवेणी भएको बताउनु भयो । “ इन्दिराका रचानाहरुमा माटो बोलेको छ मन पोखिएको छ, ।”  वहाँले भन्नुभयो । त्यस्तै अर्का बक्ता एवं कोलम्बिया विश्वविद्यालयका प्राध्यापक डा.तारा निरौलाले प्रवासको दैनिकीमा समय छुट्याएर लेखनलाई निरन्तरता दिन सक्नु नै अतुलनिय कार्य हो भन्दै “अर्को जन्म’ एल्बमका गितहरुले मानविय संवेदना, प्रेम र जीवनलाइ सुनौलो रंग दिन सकेको टिप्पणी गर्नुभयो ।

नेपाल अमेरिकन कलाकार संघको आयोजनामा सम्पन्न कार्यक्रममा गितकार चेम्जोगंले एल्बम विक्रीबाट जम्मा भएको सम्पुर्ण रकम धनकुटा स्थित पुण्य उच्चमाध्यमिक विद्यालयको भवन निर्माणार्थ सहयोग गरिने बताउदा हलमा तालीको फोहोरा छुटेको थियो ।

न्यूयोर्कका प्रख्यात भिडियोकर्मी शम्भु मोक्तानको निर्देशनमा अमेरिकाका विभिन्न रमणिय स्थानहरुमा छायाँकन गरिएको म्युजीक भिडियोहरुमा, कुशल अभिनेत्री आकेशा विष्ट, नायक सौरमराज तुलाधर, सुमित्रा लिम्बु लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

टेलिभिजनकर्मी समेत रहेकी नायिका विष्टले न्यूयोर्क फिल्म एकेडेमीबाट स्नातक गरेको साथै अब नयाँ योजनाका लाग्ने समेत कार्यक्रममा बताईन्।