पोखरामा पहिलोपटक मोडलिङ रियालिटि सो हुने


राजाराम पौडेल,पोखरा – पोखरामा पहिलोपटक युवायुवतीको लागि मोडलिङ रियालिटि सो हुने भएको छ । ब्ल्यु रे प्रोडक्सनको आयोजनामा हुने प्रतियोगीताको पहिलो अडिसन आगामी जेठ ६ गते पोखरामा हुनेछ । अडिसन प्रश्चात विभिन्न सात चरण मार्फत प्रतियोगी छनोट हुनेछन् ।
सात चरण मार्फत अन्तिम प्रतिष्पर्धामा छनोट भएका प्रतियोगीहरुको ग्राण्ड फिनाले आगामी असार ३१ गते पोखरामा भव्य कार्यक्रमकाबिच हुनेछ । अन्तिम प्रतिष्पर्धाको लागि ३५ प्रतियोगी छनोट गरिने कार्यक्रम संयोजक स्मिता घलेले बताइन् ।

पहिलो अडिसनबाट भने ७० प्रतियोगी छनोट गरिनेछ । तीन जना नियमीत निर्णायक र थप दुईजना स्पेशल निर्णायकले उपाधि विजेता मिस्टर एण्ड मिस कास्की २०७४ छान्नेछन् ।

एस एल सी उत्र्रीण भएका ४ दशमलव ९ फिट भन्दा बढी उचाइ भएका कास्की जिल्ला स्थायी ठेगाना भएका युवा–युवतीले सहभागी हुन पाउने कार्यक्रमका अर्का संयोजक शंकर थापाले जनाए । १६ देखि २५ वर्ष उमेर समुहका युवायुवतीले भाग लिन पाउने प्रतियोगीतामा मोडलहरुलाई स्पेशल पहिरनको व्यवस्थासजिना क्लोथिङले गर्नेछ ।

पछिल्लो क्रममा देखिएका मोडलिङ प्रतियोगीता भन्दा यो रियालिटी सो पृथक रहने आयोजकको विश्वास छ । पोखरामा विभिन्न मोडलिङ प्रतियोगीता हुने गरेको भएपनि रियालिटि सो मा आधारित मोडलिङ प्रतियोगीता पहिलो भएको संयोजक थापाको दावी छ ।

यौन दुव्र्यवहार विरुद्ध सचेतना जगाउने उद्धेश्यले आयोजित प्रतियोगीतालाई भव्य बनाउन तयारीलाई तिव्र पारिएको आयोजकले बताए । जिरो फेसन म्यागाजिनको एशोसियसनमा हुने कार्यक्रमको मुख्य प्रायोजन रुस्लान भोड्काले गर्नेछ ।