बार्सिलोना च्याम्पियन्स लिग क्वाटरफाईनलबाट बाहिरियो


बार्सिलोना/ स्पेनिस क्लव बार्सिलोना च्याम्पियन्स लिग क्वाटरफाईनलबाट बाहिरिएको छ। इटालीयन क्लव युभेन्ट्ससँग समग्रमा ३–० गोलले पछि गर्दै बार्सिलोना क्वाटरफाईनलबाटै बाहिरिएको हो। यो सँगै इटालियन क्लब २ वर्षपछि पुनः च्याम्पियन्स लिगको सेमिफाइनल पुग्न सफल भएको छ।

युभेन्ट्सले बार्सिलोनालाई गत साता आफ्नो घरेलु मैदान टुरिनमा पहिलो लेगको खेलमा ३–० ले हरायो भने बुधबार राति क्याम्प नाउमा भएको खेल बराबरीमा रोक्न सफल बन्यो। यस अघि पनि सन् २००३ को च्याम्पियन्स लिगमा बार्सिलोनालाई क्याम्प नोउमा २–१ गोलले हराउदै युभेन्ट्स सेमिफाइनल पुगेको थियो।तर युभेन्ट्स दुई वर्षअघि च्याम्पियन्स लिगको फाइनलमा बार्सिलोनाबाट पराजय भोगेको थियो।

17991313_1563594500353673_6104175584302155799_oबार्सिलोनाका तीन स्टार स्ट्राइकर लिओनल मेसी, नेइमार र लुइस सुआरेज मजबुत डिफेन्स लाइन–अप सहित मैदानमा उत्रेको युभेन्ट्स अगाडी चल्न सकेनन्। यो संगै यी तिन स्ट्राइकरले च्याम्पियन्स लिगको २१ खेलपछि क्याम्प नोउमा विपक्षी टोलीविरुद्ध गोल गर्न असफल भएका छन्।

च्याम्पियन्स लिगबाट बाहिरिएपछि बार्सिलोनालाई अब स्पेनिस लिगको उपाधि जित्ने दबाब बढेको छ। तर, स्पेनिस लिगमा पनि ऊ रियल म्याड्रिडभन्दा एक खेल बढि खेलेको अवस्थामा ३ अंकले पछाडि रहेको छ।