अमेरिकामा रुप कार्कीलाई स्वर्ण पदक


भर्जिनिया । नेपाली भारत्तोलक रुप कार्की वासिंगटन डिसीमा आयोजित यूएस पावर लिफ्टिङ प्रतियोगितामा सर्वोत्कृष्ट स्थान हात पार्न सफल भएका छन । यूएस पावर लिफ्टिङ एसोसिएसनद्धारा हरेक बर्ष अप्रिल १ तारिखमा आयोजना हुने प्रतियोगितामा उत्तर अमेरिकी देशहरुबाट ९० जना प्रतियोगीहरु फाइनल प्रतिस्पर्धामा छनोट भएका थिए । विभिन्न तौल समुहका भएको प्रतियोगितामा कार्की २ सय २० पाउण्ड तौल समुहमा प्रथम भएका हुन ।

उनले १ हजार ३ सय ६२ पाउण्ड तौल उठाएका थिए । कार्कीलाई यूएस पावर लिफ्टिङ एसोसिएसनका अध्यक्षले स्वर्ण पदक प्रदान गरे । जितपछि संक्षिप्त प्रतिक्रिया दिँदै कार्कीले आफ्नो ठुलो सपना पुरा भएको बताए । उनले भने “भारत्तोलन मार्फत देशलाइ चिनाउने ठुलो सपना थियो जुन अहिले पुरा भएको छ ।” भैरहवा स्थायी घर भएका कार्की अमेरिका आएदेखि नै भारत्तोलनको नियमित प्रशिक्षणमा व्यस्त थिए । अमेरिकाको अति व्यस्त दैनिकीबाट समय निकालेर उनी विभिन्न प्रतियोगिताहरुमा सहभागी हुने गरेका छन ।unnamed-8गतवर्ष मात्र उनी यूएस च्याम्पिएनसीप प्रतिस्पर्धामा उत्कृष्ट भएका थिए । “खेलप्रतिको लगाव र निरन्तर कठिन संधर्षनै उनको सफलताको कारण हो ।” कार्कीका प्रशिक्षक रुपेशले बताए । उनको विजयले सम्पुर्ण नेपालीको शिर उचोँ भएको भन्दै विभिन्न संघ संस्थाहरुले बधाइ दिएका छन् । “ कार्कीको बिजय सम्पुर्ण नेपालीको लागी गर्वको कथा हो, उनले देशको परिचय फराकिलो पारेका छन् ।” मेरिल्याण्ड तथा पेन्सिलभेनियाकालागी अवैतनिक महाबाणिज्यदुत प्रेमराजा महतले भने । कार्कीले अबको लक्ष्य विश्वस्तरीय प्रतिस्पर्धामा भाग लिनु भएको बताए ।unnamed-7