एनआरएनको ‘लाप्राक नमुना वस्ती’ निर्माण प्रक्रिया के हुँदैछ ? (फोटोफिचर सहित)


बार्सिलोना/ ‘लाप्राक नमुना वस्ती’ बोलेर मात्र हैन सबैको सहयोग र सहकार्य भए मात्र सम्भव हुने स्पेनबाट श्रमदानका लागि पुगेका एक स्वयंसेबकले बताएका छन्। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका सचिव सुनिल रानाभाट बुधबार निर्माणस्थल पुगे पछि लाप्राक बस्ती उठाउँन, बोले जस्तो सजिलो नभएको अनुभव सुनाएका हुन्।

पानि परे पछि गाडी चलेन करिव ५ घण्टाको पैदलमा बस्ती निर्माण भएको ठाउँमा पुगियो उनले भने,” गोर्खाको दुर्गम हिमाली क्षेत्रमा घर बनाउने एनआरएनको सोचलाई मान्नै पर्छ,तर विदेशमा बसेर लाप्राक बन्दै छ भनेर मात्र हैन,कुनै न कुनै रुपमा सबैले सहयोग गर्न सकिएन भने नमुना बस्ती उठाउँन धेरै गाह्रो छ।”

एनआरएनए स्पेनका सचिव सुनिल रानाभाट स्वयंसेवकको रुपमा निर्माणस्थलमा (बायाँ)
एनआरएनए स्पेनका सचिव सुनिल रानाभाट स्वयंसेवकको रुपमा निर्माणस्थलमा (बायाँ)

निर्माण टिममा खटिएका बद्रि राज भण्डारीले दिएको जानकारीलाई उदृत गर्दै ५ सय ७३ घरहरु मध्ये हालसम्म १ सय ३५ घरहरुमा मात्र जग हाल्ने काम सम्पन्न भएको रानाभाटले बताए। उनले भने,”निर्माण कामलाई तिब्रता दिन कामदारको संख्या थप्नु पर्छ,काम गरिरहेका स्वयंसेवकलाई पनि राम्रोसँग संयोजन गरेर परिचालन गर्न नसकेको जस्तो देखियो यो बारे पनि केन्द्रले चासो दिन जरुरी छ।”

प्रत्येक राष्ट्रिय समन्वय परिषदहरुले श्रमदानका लागि, कुनै न कुनै रुपमा स्वयंसेवक खटाउने बाताबरण तय गर्न सके मात्र निर्माण प्रक्रियालाई ठुलो सहयोग मिल्ने उनले बताए। रानाभाटले भने,” निर्माण प्रक्रियामा नेपालीसेनाको ठुलो सहयोग मिलिरहेको छ,निर्माणमा खटिएका अन्य स्वयंसेवकहरुलाई पनि संयोजन गरेर सेनाले जस्तै काम गर्ने बाताबरण तय गर्न सके बस्ती निर्माण प्रक्रियाले तिब्र गति लिने थियो।”

18049838_1286391008118431_1991515048_o 18052199_1286391364785062_1588479484_o 18053431_1286389144785284_1508812616_o 18053343_1286388984785300_355679359_o 18053213_1286390784785120_249321401_o 18053026_1286389514785247_2142197944_o 18052502_1286389454785253_686024528_o 18049680_1286389061451959_2070951362_o 18049661_1286389348118597_771705039_o 18052065_1286390391451826_1172201149_o 18049511_1286389221451943_1997120294_o 18049650_1286389541451911_1674306963_o 18052208_1286388828118649_2055032794_o 18012591_1286391608118371_988467679_o 18049532_1286388911451974_1204497474_o