एनआरएन फ्रान्सका संस्थापक अध्यक्षलाई पुत्रशोक


मृतक उमेश अर्याल

बार्सिलोना/ गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक हरिहर अर्याललाई पुत्र शोक परेको छ ।पेरिस निबासी अर्यालका कान्छा सुपुत्र उमेश अर्यालको ४० बर्षको अल्पायुमै निधन भएको छ ।

एनआरएनए फ्रान्सका पुर्ब अध्यक्ष निर्मल अर्यालका भाई समेत रहेका अर्यालको १७ अप्रिलका दिन निधन भएको पारिवारीक श्रोतले जनाएको छ।

समाजसेबी तथा एनआरएनए अभियन्ता अर्यालको पेरिसमा बसाई झन्डै ४ दशक पुग्न लाग्दा पुत्र शोक परेको छ।गोरखा नगरपालिका- १ पोखरीथोक स्थायी घर भएका अर्याल सन् १९८० को मार्च महिनामा फ्रान्सको पेरिस आएका थिए।

अर्याल पुत्रको निधन प्रति दुख ब्यक्त गर्दै एनआरएनए फ्रान्स लगायत संघ संस्थाहरुले मृत आत्माको चिर शान्तिको कामना गर्दै श्रदान्जली ब्यक्त गरेका छन्।