डेनमार्कमा जनसम्पर्क समिति कप ब्याडमिन्टन सम्पन्न


कोपनहेगन । जनसम्पर्क समिति डेनमार्कको आयोजनामा डेनमार्कमा नेपाली नेपाली हरुबीच सिंगल तथा डबल दुवै विधा तर्फको ब्याडमिन्टन प्रतियोगीता सम्पन्न भएको छ । जनसम्पर्क समिति डेनमार्कले हरेक वर्ष नेपाली समुदायमा विभिन्न खेल कार्यक्रम संचालन गर्दै आइरहेको छ ।

Screen Shot 2017-04-24 at 23.42.13

एन आर एन डेनमार्कका अध्यक्ष दिपेन्द्र चुडालले खेलको उद्घाटन गरेका थिए ।आपसी भाइचारा  वृद्धि तथा नेपालीहरुक खेलकुद विकासका लागि  ‘दोस्रो जनसम्पर्क कप’ ब्याडमिन्टन प्रतियोगीताको आयोजना गरिएको जनसम्पर्क समिति डेनमार्कका अध्यक्ष विरेन्द्र सिंह कार्कीले बताए ।

Screen Shot 2017-04-24 at 23.42.46

कोपनहेगनस्थित नअबोहेलेनमा इन्डोरको रुपमा खेल खेलाइएको थियो । ब्याडमिन्टन खेल प्रतियोगीतामा उल्लेख्य रुपमा प्रतियोगीहरुको सहभागीता रकेको  जनसम्पर्क समितिका खेलकुद विभाग संयोजक तथा सो प्रतियोगीताका खेल संयोजक कृष्ण गिरिले बताए ।
दुइ दिन सम्म संचालन भएको खेल कार्यक्रममा खेल समापन संगै पुरस्कार वितरणको कार्यक्रम गरिएको थियो । पुरस्कार वितरण तथा समापन कार्यक्रमको प्रमुख अतिथ्यता एन आर एन डेनमार्क अध्यक्ष चुडालले गरेका थिए । पुरस्कार वितरण विभिन्न अतिथीहरुबाट गराइएको थियो । पुरस्कार वितरण कार्यक्रममा बोल्दै एन आर एन डेनमार्कका अध्यक्ष दिपेन्द्र चुडालले ‘ जनसम्पर्क समितिले नेपालीहरुको खेल विकासको लागि आयोजना गर्ने गरेको खेलकुद कार्यक्रम निकै प्रशंशायोग्य रहेको बताए । जनसम्पर्क समितिका महामन्त्री यादव बस्नेतले कार्यक्रमको संचालन गर्दै डेनमार्कको नेपाली समुदायमा खेल कार्यक्रमले एउटा छुट्टै तरंग ल्याउने भएकोले जनसम्पर्क समितिले खेल कार्यक्रम आयोजना गर्न संधै अग्रसर रहने गरेको बताए ।

Screen Shot 2017-04-24 at 23.43.12

कार्यक्रममा जनसम्पर्क समिति डेनमार्कका अध्यक्ष विरेन्द्र सिंह कार्कीले सहभागी सबैलाई धन्यवाद दिंदै यस्तो कार्यक्रम भविष्यमा पनि जनसम्पर्क समितिले निरन्तरता दिने बताए । यसअघी समापन कार्यक्रममा जनसम्पर्क समितिका उपाध्यक्ष नील काजी थापाले सहभागी सबैलाई स्वागत गरेका थिए । समापन कार्यक्रममा डेनमार्कका लागि पर्यटन दुत दिपक सापकोटा, जनसम्पर्क समिति डेनमार्कका संस्थापक अध्यक्ष नवीन पौडेल,  भूपू अध्यक्षहरु त्रिलोचन सापकोटा, यामलाल सुवेदी, रामचन्द्र पाठक, निवर्तमान अध्यक्ष नवराज आचार्य, प्रवासी नेपाली मंच डेनमार्कका प्रतिनिधी दिपक पाण्डे लगायत सबै उपस्थीत थिए ।

सिंगल विधा तर्फको खेलमा लोकेश शाह प्रथम भएका थिए भने दोस्रोमा राजमान महर्जन र तेस्रोमा तारणी प्रसाद जोशी भएका थिए । यसैगरी डबल तर्फको खेलमा लोकेश शाह र होम घले प्रथम, योगेस जोशी र राजमान महर्जन दोस्रो तथा कमल गुरुङ र कबीर छन्त्याल तेस्रो भएका थिए । कार्यक्रममा खेल संचालनमा सहयोग पुर्याउने रेफ्री तथा स्वयंसेवक सबैलाई प्रशंशापत्र वितरण गरिएको थियो ।

Screen Shot 2017-04-24 at 23.44.09

खेल सम्पन्न गर्न खेल प्रतियोगीता कार्यक्रमलाई स्पोन्सर गरि सहयोग गर्नेमा एन.अार.एन. ए, डेनमार्क, नेपाली भान्छा घर, रेष्टुरेन्ट हिमालय, क्याफे डान एसिया, स्टोप एण्ड सप, क्याफे क्यास्ट्रो र पोल्याण्ड निवासी सुरज कार्की रहेका छन् ।

प्रतियोगीता संचालनमा रेफ्रीहरु हेम प्रसाद अर्याल, काजी खड्का, जनसम्पर्क समितिका उपाध्यक्षहरु दिपेन्द्र विस्ट, नील थापा, कोषाध्यक्ष स्याम सुवेदी, तथा कार्यसमितिका सबैले सक्दो योगदान गरेका थिए ।  कुल राज सापकोटा, लक्ष्मी  नारायण पौडेल, साथै खेलमा सहभागी खेलाडीहरु, युनिटी स्पोर्ट्स क्लबका संयोजक रमेश घिमिरे, डा. कन्चन देवकोटा, दोर्ण बहादुर क्षत्री, प्रकाश श्रेष्ठ, निराजन गुरुङ, श्रीधर सिलवाल, समन गुरुङ लगायत सबैले सहयोग पुर्याएका थिए।

Screen Shot 2017-04-24 at 23.44.21