समृद्ध नेपाल निर्माण एमालेको योजना हो : एमाले स्थायी समिति सदस्य किरण गुरुङ


पोखरा – नेकपा एमाले स्थायी समितिका सदस्य किरण गुरुङले समृद्ध नेपाल निर्माण एमालेको योजना भएको बताएका छन् । उनले एमालेको अभियान समृद्ध नेपाल सुखी नेपाली अभियानलाई मुर्तरुप दिन स्थानिय तहको निवाचनमा एमालेले जित्नुपर्ने बताए ।

प्रगतिशिल लोक दोहोरी गीत सम्वन्य समिति प्रदेश नम्वर चारको वनभोज,चुनावी गीत विमोचन तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले बैशाख ३१ गते निवाचनमा एमालेलाई जिताउन कलाकारको भुमिका महत्वपूर्ण हुने बताए ।उनले निवाचनमा योग्य र जित्ने ब्यत्तिलाई मात्रै उम्मेदवार बनाउने पक्षमा एमाले रहेको बताए । कलाकारका हक अधिकारलाई सम्वोधन गर्न रोयल्टी दिने ब्यवस्था संविधानमै ब्यस्था गरिएको उनले बताए । उनले लोक दोहोरी नेपालको संस्कृति र पहिचान भएको बताउदै त्यसको संरक्षणका गर्नुपर्नेमा जोड दिए ।

एमाले सांसद रविन्द्र अधिकारीले कलाकारका समस्याका बारेमा गम्भिर रहेको बताउदै कलाकारलाई रोयल्टीको ब्यवस्था गरिएको बताए । उनले पाएका अधिकारमा सन्तुष्ट हुदै नयाँ अधिकार प्राप्तिका लागी अगाडी बढनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै कलाकारहरुले बैशाख ३१ गते हुने स्थानिय तहको निवाचनमा कलाकारलाई पनि भुमिका दिन प्रदेश नम्वर चारका कलाकारले आग्रह गरेका थिए । उनीहरुले निवाचनका बेला उपयोग मात्रै नभएर स्थानिय तहदेखि केन्द्रसम्म भुमिका दिन आग्रह गरेका हुन् ।

कार्यक्रममा बोल्दै लोक दोहोरी गायक एवं लोक दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष प्रजापति पराजुलीले कलाकारले गीत मात्रै गाउदैनन् राजनीति मार्फत योगदान दिनसक्छन् भने । उनले कलाकारहरु अनपढ छन् उनीहरुको काम गाउने मात्रै हो भन्ने नसोच्न राजनीतिक दलका नेताहरुलाई आग्रह समेत गरे । उनले आगामी निवाचनमा कलाकारको भावना र समस्या बुझने एमालेलाई जिताउन लाग्ने बताए ।
kalakar 1

चर्चित गायक एवं लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपानेले कलाकाहरु पनि पढेका र बौद्धिक रहेको बताउदै निवाचनमा भुमिका दिन आग्रह गरे । ।जन सांस्कृतिक महासंघका केन्द्रीय सदस्य मनकुमार श्रेष्ठ, कलाकार कृष्ण भण्डारी सुरेन्द्र गुरुङ लगायतले कलाकारलाई आवश्यक पर्दा लगाउने नत्र दराजमा थन्काउने गहना भन्दा सधै प्रयोग गर्ने गहनाका रुपमा उपयोग गर्न आग्रह गरे।
कार्यक्रममा प्रदेश नम्वर चार अन्र्तगत विभिन्न जिल्लाका कलाकारको सहभागीता थियो ।कार्यक्रममा कलाकारहरुले गीत, नुत्य तथा हाँस्य प्रहसन प्रस्तुत गरेकाथिए । कार्यक्रम प्रगतिशिल लोक दोहोरी गीत समन्वय समितिका संयोजक जीवन दाहालको अध्यक्षतामा भएको थियो ।