भूकम्प गएको दुई वर्ष पुगेको सन्दर्भमा नेपाल रेडक्रस सोसाइटीको विषेश कार्यक्रम


काठमाण्डौ – गोर्खा भूकम्प–२०७२ को दुई वर्ष पुगेकोे सन्दर्भमा नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा सरोकारवालाहरुसँग एक विषेश अन्तक्र्रिया, पत्रकार भेटघाट तथा फोटो र बृत्तचित्र प्रदर्शनी कार्यक्रमको आयोजना गरियो ।

भूकम्पपश्चात नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित उद्धार, राहतका साथै पुनर्निर्माण र पुर्नलाभका गतिविधिहरुको प्रगति, उपलब्धि र आइपरेका चुनौतिहरुको बारेमा दातृ एवं साझेदार निकायहरुलाई जानकारी गराउने उद्देश्यले आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा रेडक्रस अन्तर्राष्ट्रिय महासंघ, रेडक्रसको अन्तर्राष्ट्रिय समिति, साझेदार राष्ट्रिय रेडक्रस सोसाइटीहरु, युएन एजेन्सी, नेपाल सरकार गृह मन्त्रालय, समाज कल्याण परिषद र सुरक्षा निकायका प्रतिनिधिहरु र रेडक्रसकर्मीहरुको उपस्थिति रहेको थियो ।
participants observe photo display today at NRCS office, photo NRCS

सो कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापाले भन्नुभयो “भूकम्पपश्चात सञ्चालित आवास निर्माणका साथै स्वास्थ्य, सरसफाइ, खानेपानी, जीविकोपार्जनजस्ता एकीकृत गतिविधिहरूले प्रभावितहरूको जीवनमा उल्लेख्य परिवर्तन ल्याएको छ । र, अझै धेरै गर्न पनि बाँकी छ ।”
सो अवसरमा उपस्थित महानुभावहरुको स्वागत गर्दै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले भूकम्प प्रभावितहरुलाई पहिलेको अवस्थामा पु¥याउने कार्यमा रेडक्रस लगायत सबैको उत्तिकै योगदान रहेको बताउनुभयो ।

सोही अवसरमा सोसाइटीको भूकम्प प्रतिकार्य कार्यक्रमका प्रमुख उमेश ढकालले हालसम्मको प्रगति एवं उपलब्धिहरु प्रस्तुत गर्नुभयो । रेडक्रसले ७ जिल्लामा कुल ७००० निजी आवास निर्माणमा सहयोग प्रदान गर्न सरकारसँग सम्झौता गरेकोमा हालसम्म ६ हजार ३ सय ७५ परिवारले पहिलो किस्तावापत ५० हजारका दरले रू. एकतीस करोड ८७ लाख ७५ हजार रकम बुझिसकेको उहाँले बताउनुभयो । यस्तै ८ सय १ परिवारले घर निर्माणको लागि दोस्रो किस्तावापत रू. एक लाख ५० हजारका दरले १२ करोड १५ लाख रकम बुझिसकेको र हालसम्म पाँच सय ६८ घरको निर्माण कार्य सम्पन्न भैसकेको जानकारी गराउनुभयो ।

कार्यक्रममा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका नेपाल प्रमुख म्याक्स स्टयान्टर र आईसीआरसीका प्रमुख आन्द्रे पाकेले भूकम्प पश्चात नेपाल रेडक्रसको सहकार्यमा सम्पन्न गतिविधिहरुको माथि प्रकाश पार्नुभएको थियो ।
DSC_0392 (2)

कार्यक्रममा भूकम्पसम्बन्धी ‘मुभिङ माउण्टेन’ नामक डकुमेण्ट्री प्रदर्शनीका साथै रेडक्रसकोे भूकम्प पुनर्निर्माण एवं पुनर्लाभका गतिविधिहरुको फोटो प्रदर्शनी गरिएको थियो ।

यस अघि पत्रकार भेटघाट कार्यक्रम पनि सम्पन्न भएको छ । रेडक्रसबाट सञ्चालित गतिविधिहरुको बारेमा सर्वसाधारणहरुलाई जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।

display of community support in miniature