कटप्पले बहुबलीलाई किन मार्‍यो ? यस्तो छ रहस्य !


बहुप्रतिक्षित फिल्म ‘बाहुबलीः द कन्क्लुजन’मा सर्बाधिक खोजी भएको प्रश्न हो, कटप्पले बहुबलीलाई किन मार्‍यो ?  बहुबली द बिगिनिङले छाडेर गएको यो प्रश्नको उत्तर एक लाइनमा दिनुपर्दा ‘कटप्पाले राजमाता शिवगामीको आदेश बमोजिम बाहुबलीको हत्या गरेका हुन् ।’ यसको विस्तृत जबाफ खोज्न भने हलसम्मै पुग्नुपर्नेछ । आज सुक्रवार सार्बजनिक भएको फिल्मले अरुपनि थुप्रै रहस्यको पोको खोतल्नेछ ।

कटप्पाले बहुबलीको किन हत्या गर्‍यो भन्ने कुरा फिल्म छायांकनको क्रममा समेत गोपनियता अपनाइएको थियो । कतिसम्म भने, उक्त रहस्य नखोल्नका लागि डेढ सय जनासँग गोपनियताको सपथ नै लिइएको थियो ।

भारतको अहिलेसम्मकै महंगो फिल्म, जसको लागि भारु २ सय ७० करोड खर्चिएको छ, यससँग जोडिएका अन्य रोचक तथ्य यहाँ प्रस्तुत गरिएको छ ।

– बहुबलीको पहिलो स्क्रिप्टमा कटप्पाद्वारा बाहुबलीको हत्या हुने योजना बनाइएकै थिएन । यस दृश्यको स्थानका अरु नै कथा थियो ।

– बजरंगी भाईजान र बाहुबली जस्तो फिल्मको कथा लेखेका कहानीकार बिजयेन्द्रले एक्स्क्ल्युसिभ अन्र्तबार्तामा भनेका छन्, ‘पहिला कटप्पा र बाहुबलीको यो ड्रामेटिक दृश्यलाई कथामा राखिएको थिएन । तर, जब मुभी क्रुले फिल्ममा ड्रामा राख्ने कुरा गर्‍यो, त्यसपछि फिल्मको अन्त्यामा यो दृश्य जोडियो ।’

– यदि ड्रामाको माग नभएको भए सायद यो सवाल भाइरल हुने थिएन कि, कटप्पाले बाहुबलीलाई किन मार्‍यो ? आज फिल्मको प्राण नै यो प्रश्न भएको छ ।

– कटप्पाले बाहुबलीलाई किन मार्‍यो भन्ने कुराको दृश्यांकन गर्दा निकै गोपनियता अपनाइयो । छायांकनअघि केही जानकारी चुहिएको थियो । त्यही कारण करिव डेढ सय क्रु मेम्बर्सलाई गोपनियताको सपथ दिलाइएको थियो ।

– यदि उक्त गोपनियता चुहाएको अवस्थामा आर्थिक एवं शारीरिक सजाय भोग्न तयार हुनुपथ्र्यो । कति दिनसम्म त छायांकनको क्रममा क्रु मेम्बर्सलाई मोबाइल चलाउन समेत दिइएन ।

– किनभने, यो प्रश्नको जबाफ चुहिएसँगै बाहुबलीप्रतिको कौतुहलता मेटिने डर थियो ।