नेपाली जनप्रगतिशील मञ्च स्पेनको प्रेस विज्ञप्ति


सम्पुर्ण न्यायप्रेमी जनसमुदायमा हार्दिक अभिबादन,
हाम्रो संगठन नेपाली जनप्रगतिशिल मञ्च स्पेनको दोस्रो अधिबेशन यहि २५ जुन २०१७ का दिन गर्ने निर्णय भएको कुरा सहर्ष जानकारी गराउछौ । सन् २००८ सालमा स्पेनको बार्सिलोनामा प्रगतिशील बिचारक एबम सामाजप्रेमी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको एक भेलाबाट निर्मित नेपाली जनप्रगतिशिल मञ्च स्पेन आज स्पेनका विभिन्न शहरहरुमा फैलिदै सामजिक कामहरु गरिरहेको छ।

हाम्रो यस संगठनका क्षेत्रीय समितिहरुलाई पनि १० जुन २०१७ भित्रमा आ-आफ्नो भुगोल क्षेत्रको अधिबेशन सम्पन्न गरी केन्द्रिय अधिबेशनमा भाग लिन हार्दिक अपिल गर्दछौ । सफल सामाजिक उत्तरदायित्व निर्बाह गर्दै बर्तमान कार्यसमितीको पदाबधी सकिदै गर्दा, हाल यो अधिबेशन आयोजक समितिमा परिबर्तन भएको छ भने समन्वय समिती,निर्वाचन समिती र अन्य उपसमितिहरुको गठन मञ्चको आगामी बैठकले गर्नेछ ।

यहि मिति १७ मार्च २०१७ का दिन सामजिक संजाल तथा सन्चार माध्यम मार्फत हाम्रो यस संगठनका सल्लाहकार ज्युहरुको संस्था त्याग गर्ने निर्णय जानकारीमा आएको हुँदा, उहाँहरुलाई सो निर्णयलाई पुनर्बिचार गर्न हार्दिक अनुरोध गर्दछौ । साथै नेतृत्व प्रति लगाइएको असन्तुष्टि जन्य आरोपहरु बस्तुगत आधारबिहिन भएकोले बैठकले उक्त आरोपहरु पुर्णरुपमा खारेज गरेको छ ।
अभिबादन ।
गंगा प्रसाद भुषाल
अध्यक्ष
नेपाली जनप्रगतिशिल मञ्च स्पेन