रियल म्याड्रिड पन्ध्रौ पटक च्याम्पियन्स लिग फाईनलमा


स्पेन/ रियल म्याड्रिड पन्ध्रौ पटक च्याम्पियन्स लिग फाईनलमा प्रबेश गरेको छ । एट्लेटिको म्याड्रिडलाई सम्रगमा ४-२ को अन्तरले पछि पार्दै रियल फाईनलमा पुगेको हो ।

एट्लेटिकोले १६ मिनेट भित्र दुई गोल गर्दै तहल्का पिटेको थियो। च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगको खेल एट्लेटिकोले ३–०ले गुमाएको थियो । दोस्रो लेगको खेलसम्म रियलले समग्रमा ४–२ को अग्रता बनाउदै लगातार दोस्रो पटक फाईनल पुग्न सफल भएको छ ।

एट्लेटिकोका लागि कोकेको कर्नरमा ११ मिनेटमा साउल निगुइजले हेडिङ गोल गरेका थिए। दोस्रो गोल १६ मिनेटमा पेनाल्टीबाट आन्टोन ग्रिजमनले गरे।

तर करिम बेन्जेमाले एट्लेटिकोका ३ खेलाडीलाई गोलकिपरको टच लाइनबाट छलाउदै दिएको क्रस पासमा इस्कोले पहिलो हाफको खेल समाप्त हुनुअघि गरेको गोल नै निर्याणक बन्यो ।
अब फाइनल खेल ईटालीयन क्लव युभेन्टस र रियल बिच आगामी जुन् ३ तारिख हुनेछ ।