स्व.बलराम केसी स्मृती लिगको उपाधी ड्यामसाइडलाई


पोखरा । पोखरामा सम्पन्न आठौं संस्करणको स्व.बलराम केसी स्मृती कास्की लिग फुटबल प्रतियोगिताको उपाधी पोखरा लेखनाथ १७ मा रहेको ड्यामसाइड क्लवले जितेको छ ।
2
पोखरा रंगशालामा विहिबार सम्पन्न फाइनल खेलमा विष्णुपादुका हेम्जालाई २–१ गोलले पराजित गर्दै ड्यामसाइडले उपाधी आफ्नो नाम गराएको हो । ड्यामसाइडका संजय बुढाथोकी र सुनिल विकले एक एक गोल गरेका थिए भने हेम्जाको तर्फबाट सक्षम कार्कीले एक गोल गरेको थिए ।

कास्की जिल्ला फुटवल संघद्वारा आयोजित प्रतियोगितामा ड्यामसाइडकै सुनिल विक उत्कृष्ट खेलाडी भए । जितसंगै ड्यामसाइडले नगद २५ हजार, शिल्ड मेडल, प्रमाणपत्र संगै क्षेत्रिय प्रतियोगिताका लागि पनि कास्कीबाट छनौट भयो । द्धितिय स्थान हाँसिल गरेको हेम्जाले नगद १५ हजारका साथमा कप मेडल प्रमाणपत्र पुरस्कार प्राप्त ग¥यो ।

क्लबले यो उपाधि १४ वर्ष पछि पुनः प्राप्त गर्न सफल भएको हो । क्लबबाट त्यो समय वसन्त गौचन, राजेन्द्र तामाङ, रमेशकुमार गुरुङलगाएत सहभागि हुने गरेको क्लबका अध्यक्ष पदमबहादुर ढकालले वताए।

विजयी खेलाडीहरुलाई स्वर्गिय बलराम केसीका छोराहरु किरण केसी, निरन केसी, आयोजक संघ कास्कीका अध्यक्ष धरमबहादुर लामिछाने, उपाध्यक्ष कुमार गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।