सरसर्ती संसारको चर्चा पोर्चुगलमा पनि


लिस्वन्/ गैर आवासीय नेपाली सङघका पुर्व अध्य्क्ष तथा प्रमुख संरक्षक जीवा लामिछाने द्वारा लिखित ” सरसर्ती सन्सार ” पुस्तकको राजाधानी लिस्वनमा समिक्षा गरिएको छ । अनेसास पोर्चुगलको आयोजनामा भ्एको उक्त कार्यक्रममा पुस्तक समिक्षा सहित लेखक सँग साक्षात्कार पनि गरिएको थियो ।

गैर आवासीय नेपाली सङघ पोर्चुगलको विशेष आमन्त्रणमा लिस्वन आएका  लामिछानेको पहिलो पुस्तक हो ।

पुस्तक लेखनका वारेमा प्रकाश पार्दै लामिछानेले भने “मैले बिद्यार्थी कालमा भोगेका कुराहरु, युरोप भ्रमणका क्रममा देखेका, भोगेका विषय वस्तुहरुनै योसरसर्ती संसारमा कैद गरेको छु ” ।

“सरसर्ती संसार” एक डायरी जस्तै हो,विशेष गरी “यात्रीहरुले यसरी नै लेख्ने गर्छन् तर मैले पनि आफ्ना अनुभवहरु टिपोट गरी राख्ने बानीले गर्दा, आज पुस्तकको रुपमा साट्ने मौका पाए”लामिछानेले थपे। लामिछाने एनआरएन अभियन्ता तथा नेपाली डायस्पोराका एक सफल ब्यबसायी समेत हुन्।

अनेसास पोर्चुगलका अध्य्क्ष सुनिल सँगमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सन्चारकर्मी विनोद घिमिरे,अनेसास पोर्चुगलका सल्लाहकार द्वय भिम केसी कमल तथा सीता वरालले पुस्तकको समिक्षा गरेका थिए ।-वाई वि तमुबाट