पोखरा महानगर- २ मा कांग्रेसको प्यानल विजयी


पोखरा ।पोखरा लेखनाथ महानगरपालिका– २ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । १ हजार ७ सय ४६ मतदाता रहेको पोखरा लेखनाथ महानगरपालिका–२ मा कांग्रेसका रामेश्वर मल्ल विजयी भएका हुन् ।

उनी नेकपा एमालेका दिनानाथ सुवेदीलाई ३ सय ७१ मत अन्तरले पराजित गर्दै विजयी बनेका हुन् । सुबेदीले ५ सय ६३ मत पाए ।महिला सदस्यमा कांग्रेसका गोमा सुवेदी, दलित महिला सदस्यमा सुनिता विश्वकर्मा तथा खुला सदस्यमा प्रमोद पराजुली र गौतम बिजुक्छे विजयी भएका छन् ।

यसअघि पोखरा लेखनाथ महानगरपालिका– १ मा एमालेको प्यानलै विजयी भएको थियो ।