एनआरए युरोपियन बैठक:-”युरोपमा नेपाली एकता,समृद्ध नेपालको आबश्यकता”


बार्सिलोना/ गैर आबासीय नेपाली संघको दशौ युरोपेली बैठक ”युरोपमा नेपाली एकता,समृद्ध नेपालको आबश्यकता” भन्ने नाराका साथ सम्पन्न हुने भएको छ। जर्मनीको फ्रयाङफर्डमा आगामी जुलाई २९ र ३० तारिख दशौ युरोपेली क्षेत्रीय बैठक तथा आठौ महिला सम्मेलन हुने भएको हो।

बैठक एनआरएन भवन निर्माण सहयोगार्थ केन्द्रित हुने भएको छ। कम्तिमा २ करोड रुपैयाँ निर्माणधिन भवनका लागि सहयोग जुटाउँने लक्ष्य बैठकले राखेको छ।

राष्ट्रिय समन्वय परिषद जर्मनीले आयोजना गर्ने युरोपेली बैठक तयारीका लागि हालै टेलीकन्फेरेन्स बैठक समेत सम्पन्न भएको छ। युरोपियन क्षेत्रीय संयोजक कुल आचार्यको अध्यक्षतामा सम्पन्न वैठकमा एनआरएनए केन्द्रिय उपाध्यक्ष कुमार पन्त,महासचिव डा.बद्री केसी,सचिव अर्जुन कुमार श्रेष्ठ,महिला संयोजक सपिला राज भण्डारी,उप संयोजक रजनी प्रधान,युवा उप-संयोजक लोकराज शर्मा लगायतले सुझाव प्रस्तुत गरेका थिए।

राष्ट्रिय समन्वय परिषद जर्मनीका अध्यक्ष नवराज रोस्यारा द्वारा जारी बिज्ञप्ति अनुसार बैठकका लागि स्थानीय तहमा बिभिन्न जिम्मेबारी बाँडफाँड गर्दै तयारीमा तिब्रता दिईएको छ।

युरोपेली बैठकका लागि बिभिन्न स्पोन्सरसिप पार्टनरहरु निर्धारण गरिएको छ । इभेन्ट पार्टनरका लागि १० हजार युरो,प्लाटिनम पार्टनर पाँच हजार युरो,गोल्ड पार्टनर ३ हजार युरो,सिल्भर पार्टनर २ हजार युरो,ब्रन्ज पार्टनर एक हजार युरो निर्धारण भएको छ।यस्तै स्पोन्सर ५ सय युरो, सपोर्टर २ सय युरो,जनरल सपोर्टरका लागि कम्तिमा एक सय युरो तोकिएको छ।

यस्तै पाँच सय बढी सदस्यहरु भएका एनसिसीहरुबाट १ हजार युरो,सय भन्दा बढी सदस्य भएका एनसीसीबाट ५ सय युरो तथा सय भन्दा कम सदस्य भएका राष्ट्रिय समन्वय परिषदवाट एक सय युरो सहयोग गर्न अनुरोध गरिएको छ।

यसैबीच,युरोप क्षेत्रमा रहेका एनआरएन संरक्षकबाट २ हजार युरो,आईसिसी सल्लाहकारहरुबाट १ हजार युरो,पदाधिकारीबाट ५ सय युरो,आईसी सदस्य तथा राष्ट्रिय अध्यक्षहरुलाई कम्तिमा एक सय युरो सहयोग गर्न समेत अपिल गरिएको छ।