रियल म्याड्रिड स्पेनिस ला लिगाको उपाधि नजिक


स्पेन/रियल म्याड्रिड स्पेनिस ला लिगाको उपाधि नजिक पुगेको छ। बुधबार भएको खेलमा सेल्टा दे भिगोलाई ४-१ ले हराउँदै रियल उपाधि नजिक पुगेको हो।यद्दपी उपाधि जित्नको लागि अब रियलले आईतबार हुने मालागासँगको खेल कम्तीमा बराबरी गर्नु पर्ने छ।

रियलका लागि बुधबार भएको खेलमा क्रिस्टियानो रोनाल्डोले दुई गोलको योगदान दिए भने,बेन्जिमा र टोनी क्रूसले एक-एक गोल गरे।रियलले जितसँगै ३७ खेलमा ९० अंक बटुलेर आफूलाई शीर्ष स्थानमा राखेको छ भने बार्सिलोना ८७ अंक सहित तालिकाको दोस्रो स्थानमा छ।

आउँदो आइतबार बार्सिलोनाले एइबारविरुद्ध अन्तिम खेल खेल्ने छ भने सोहि समयमा रियल मालागाविरुद्ध भिड्दै छ। यदि रियलले अन्तिम खेलमा हार व्यहोर्दै,बार्सिलोनाले एइबारविरुद्ध जितेको अबस्थामा मात्र लिगा उपाधि बार्सिलोना जित्ने छ तर यसो हुन नसके उपाधि रियल नै चुम्ने छ। सन् २०१२ यता रियल म्याड्रिडले लिगाको उपाधि जित्न सकेको छैन। यस सिजनको अन्तिम खेलले नै उपाधि फैसला गर्दै छ।