नेकाँ पोखरा ९ को विजयी ¥याली


पोखरा । नेपाली काँग्रेस पोखरा ९ इकाईको आयोजनामा शुक्रबार विजयी ¥याली गरेको छ। वडामा नेपाली काँग्रेसको प्यानल नै आएको हो।
DSCF5802
शुक्रबार दिउँसो चुनाव प्रचारप्रसार समितिको सम्पर्क कार्यालयबाट निकालिएको विजयी जुलुसले पोखराको मुख्य वजार क्षेत्र महेन्द्रपुल, चिप्लेढुङ्गा, न्यूरोड, संगमटोल, सभागृह चोक, पृथ्वीचोक, लगाएत पार्वतीटोल, कृष्ण टोल, शिब टोल, गणतान्त्रिक टोलहरुलगाएतका सुकुम्वासी टोलहरुमा पनि गएको थियो ।

पञ्चेवाजा सहित निस्केको जुलुसमा वडा अध्यक्ष रामराज लामिछाने, वडा सदस्यहरु नन्दराम गिरि र सुरेश खवास, महिला सदस्य राममाया मानन्धर र दलित महिला सदस्य गीता चम्राकार लगाएत ईकाई, जिल्ला र क्षेत्रिय समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

लामिछाने एमालेका उमेद्वार गोविन्द तुलाचन भन्दा १ सय ९२ मत बढि प्राप्त गरी वडा अध्यक्षमा विजयी भएका हुन् । उनले ११ सय ७४ मत प्राप्त गर्दा तुलाचनले ९ सय ८२ मत ल्याएका थिए। त्यसै गरी विजयी भएका खुला सदस्य नन्दराम गिरिले ११ सय ५८, सुरेश खवासले ९ सय ६५, महिला सदस्य राममाया मानन्धरले १२ सय ८ र दलित महिला सदस्यले १२ सय ३१ मत प्राप्त गरेका छन्।