१/५ गोर्खा राईफल्स फ्रन्टियर फोर्सको १५९ औं वार्षिकोत्सव सम्पन्न


पोखरा । १/५ गोर्खा राईफल्स (एफ.एफ.) भू.पू. सैनिक संघ पोखराले पल्टनको १५९ औं वार्षिकोत्सब पोखरामा एक समारोहका विच सम्पन्न गरेको छ ।

कार्यक्रमको प्रमुख अतिथि संघका जेष्ट सदस्य सु.अ.क्या. नैनाबहादुर गुरुङले उद्घाटन गर्दै फ्रान्टीयर फोर्स भारतिय सेनामा सर्वाेत्कृष्ठ पल्टन भएको वताउँदै भिक्टोरिया क्रस विजेता चार, सबैभन्दा धेरै युनिट साईटेसन बिजेता हुनुको साथै वेटल अनर २३ थ्रेटर हनर ३ भएको इतिहास वताए । उनले प्रथम र द्धितिय विश्व युद्धमा विश्वका धेरै राष्ट्रमा लडाई लड्नुको साथै विभिन्न युद्धमा लडेर पल्टनलाई ब्रेभ देन ब्रेभ नामवाट चिनाउन समेत सफल भएको वताए ।

ई सं. मे २२, १८५८ मा हालको पाकिस्तानस्थित अवोटावाद भन्ने ठाउँमा मेजर एच. एफ. एम. वायस रेगनले स्थापना गरेको पल्टन आज सन् २०१७ सम्म आईपुग्दा १५९ वर्ष पुरा गरी १६० औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा वार्षिकोत्सव मनाईएको संघका अध्यक्ष सु.अ.क्या. ईन्द्रबहादुर गुरुङले वताए । उनले १७ वर्ष पहिला पोखरा ईकाई स्थापना गर्दा संघमा २७ जना रहेकोमा हाल आएर २६४ भू.पू. सैनिकहरुलाई सदस्यता प्रदान गरिसकेको वताए।

कार्यक्रममा वरिष्ठ सल्लाहकार सु.मे.अ.क्या. ईन्द्रबहादुर गुरुड्ड (९५), सु.अ.क्या. सम्सेर गुरुड्ड, सु. हुविर सेन, सु.अ.क्या. भिमबहादुर गुरुड्डलगाएतले पल्टनको इतिहास, वर्तमानमा जवानहरुले खोलेको भुमिका लगाएतको वारेमा वोलेका थिए ।
कार्यक्रममा बहादुरी प्राप्त सिपाहीहरु सु. हुविर सेन र स्वर्गिय पहलमान सिंह गुरुङकी छोरी विष्णुकुमारी गुरुङलाई सम्मानपत्र र खादा, टोपीले सम्मान गरिएको थियो ।

सोही अवसरमा संघमा आवद्ध हुन चाहने २३ जना भू.पू. सैनिकहरलाई सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रम संघका अध्यक्ष सु.अ.क्या. ईन्द्रबहादुर गुरुड्ड (४१)को अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सु.लालकाजी गुरुड्डले र संचालन महासचिव सुबेदार मे.अ.क्या.रुद्रबहादुर थापाले गरेका थिए ।