रियलले स्पेनी लिगा उचाल्यो,म्याड्रिडका समर्थकहरु खुशियालीमा  


खुशियाली मनाउदै स्पेन स्थित नेपालीहरु

म्याड्रिड/ रियल म्याड्रिडले पाँच बर्ष पछि स्पेनी ला लिगाको उपाधि जित्न सफल भएको छ । आइतबार राति लिगको अन्तिम खेलमा मालागालाई २-० ले हराउन सफल भएपछि रियलले उपाधि जितेको हो ।यस अघि सन् २०१२ मा घरेलु लिगाको उपाधि जितेको थियो।

मालागा बिरुद्द क्रिस्टियानो रोनाल्डो र किरम बेन्जामाले १/१ गोल गरे। अन्तत: रियल ३८ खेलबाट ९३ अंकका साथ शिर्ष स्थान हुँदै उपाधि जित्न सफल बन्यो। रियलले ३८ खेलमध्ये २९ मा जित, ६ मा बराबरी र ३ खेलमा हार व्यहोरेको थियो ।

उपाधि होडमा रहेको बार्सिलोनाले भने ३८ खेलबाट ९० अंक मात्रै बटुलेको थियो ।बार्सिलोनाले खेलेको ३८ खेल मध्ये २८ मा जित, ६ मा बराबरी र ४ खेलमा हार व्यहोरेको थियो । रियल मड्रिड च्याम्पियन्स लिगको पनि फाइनलमा पुगिसेको छ । यदि उसले युभेन्टसलाई हराउन सक्यो भने च्याम्पियन्स लिग लगातार जित्ने पहिलो क्लब बन्नेछ ।

म्याड्रिडका समर्थकहरु खुशियालीमा:-

स्पेनमा बस्ने नेपालीहरु स्पेनी क्लवहरु मध्ये सर्बाधिक बार्सिलोना र रियल म्याड्रिड कै समर्थकहरु रहेका छन्। बार्सिलोना बस्ने नेपालीहरु बढी मात्रामा बार्साका र म्याड्रिडबासीहरु बढी मात्रामा रियललाई मन पराउँछन्। सिजनका ठुला उपाधिहरु उचाले पछि क्लवले सडकमा नै पुगेर दर्शक सामु खुशि साटासाट गर्ने हुँदा स्पेन स्थित नेपालीहरु पनि भाग लिने गरेको पाईन्छ।18581764_10151275023164953_9043609533571530251_nमालागालाई रियलले हराउने बित्तिकै म्याड्रिड स्थित प्लासा सिबेलेसमा एक भब्य कार्यक्रमको आयोजना गरिएको थियो। रियलमा खेलाडीहरु राति नै खुशियाली मनाउन आफ्ना समर्थकहरु बीच पुगेका थिए।ऎतिहासिक क्षणलाई नजिकबाट हेरेका रियलका एक समर्थक रामकृष्ण पुडासैनीका अनुसार सिबेलेसमा हजारौ समर्थकहरु सहभागी थिए।18620010_10151274298764953_4756599620882097037_n