ईनास स्पेनद्वारा कलाकार दीपक छेत्रीलाई सहयोग


बार्सिलोना/अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) स्पेनले कलाकार दीपक क्षेत्रीलाई आर्थिक सहयोग गरेको छ। ईनासले कलाकार क्षेत्रीको स्वास्थ्यलाभको कामाना सहित २० हजार ६ सय रुपैयाँ सहयोग गरेको हो। ईनास स्पेनका महासचिव सुरज मैनालीले कलाकार क्षेत्रीलाई रकम हस्तान्तरण गरेका हुन्।

लामो समयदेखि घाटीको समस्याका कारण उनको बोली राम्रोसँग निस्कदैन ।विश्वभरमा रहेका नेपालीहरुले अर्थ संकलन गर्दै कलाकार क्षेत्रीलाई सहयोग गरिरहेका छन्।

ईनास स्पेनका अध्यक्ष पुरुषोत्तम भट्टराईले स्पेनबाट पनि सहयोग गरेको बताए। उनले भने,”कलाकार देशका गहना हुन् सम्मान गर्नु पर्छ,त्यसैले थोरै नै भए पनि किन नहोस्,हामीले भावानात्मक सहयोग गरेका हौ।”

यसैबीच ईनास स्पेनले आउँदो डिसेम्बर ९ तारिख बार्सिलोना साँस्कृतिक कार्यक्रम गर्ने भएको छ। नेपाली भाषा, साहित्य, संस्कृति र सम्पदाको प्रवर्द्धन तथा प्रतिभाको सम्मान हाम्रो कर्तव्य र सांस्कृतिक माध्यमबाट नेपाली पर्यटन प्रवर्द्धनमा सहयोग हाम्रो उद्देश्य” भन्दै कार्यक्रम गर्न लागेको हो।