स्यांगजा सहयोग समाज युएइको चौथो साधारण सभा सम्पन्न, अध्यक्षमा गैह्रे


यूएई । स्याङजा सहयोग समाज युएइको चौथो साधाराणसभा तथा अधिबेसन मे १९ मा युएइको बरदुबईस्थित चौतारी रेस्टुरेन्टको हलमा सम्पन्न भएको छ।

समितिको अध्यक्षमा खगेन्द्र गैरे, उपाध्यक्षहरुमा प्रेम भण्डारी, राजु केसी र हरि डुम्रे, महासचिवमा ओमकार पोख्रेल, सचिवमा प्रकाश ढकाल र परशुराम भण्डारी (कल्पित), कोषाध्याक्षमा डिल्ली न्यौपाने (दिपक), सहकोषाध्यक्षमा जीवन पाठक, प्रवक्तामा मनु क्षेत्री, संगठन बिभाग प्रमुखमा गोबिन्द भट्टराइ, अनुसासन बिभाग प्रमुखमा लेखनाथ न्यौपाने र महिला बिभाग प्रमुखमा यशोदा पराजुली भट्टराई निर्वाचित भएका छन्।

यसैगरी केन्द्रिय सदस्यमा बिष्णु गैह्रे, थमनसिंह रानाभाट, हरि अधिकारी, पिताम्बर अर्याल, आरती वाग्ले भुसाल, मित्रलाल पाण्डे, प्रदीप भट्टराई, सबिना डुम्रे, बीर बहादुर थापा, अर्जुन न्यौपाने, मीना कुमारी गैह्रे चयन भएका छन्।
3
संस्थाका अध्यक्ष कृष्ण न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली विजनेस काउन्सिल युएइका कोषाध्यक्ष एकेन्द्र थापाले उद्घाटन गरेका थिए । सोअवसरमा विशेष अतिथि पत्रकार महासंघ युएइका अध्यक्ष तथा संस्थाका पूर्व महासचिव भुपराज बस्याल, पत्रकार महासंघ युएइका उपाध्यक्ष तथा संस्थाका पूर्व महासचिब संकल्प खनाल, पूर्व अध्यक्ष राजु पाण्डे, पूर्व अध्यक्ष भूपति न्यौपाने, गैर आवसिय नेपाली संघ युएइका उपाध्यक्ष रमेश श्रेष्ठ साथै स्याङजा जिल्लाका विभिन्न तहमा रहेका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

यस स्याङजा सहयोग समाज युएइले युएइ भित्र छरिएर रहेका सम्पूर्ण स्याङजालीहरुलाई एकताबद्ध गर्ने हेतुले युएइको आबुधाबी, दुबई, सारजा (अजमान) र अलइन क्षेत्रीय समिति मे ५ मा क्षेत्रीय अधिबशेन सम्पन्न भई सकेको हो ।

बिगत लामो समय देखि युएइमा क्रियाशील रहेको स्याङजा सहयोग समाज युएइका जिल्ला समाज मध्येको अग्रणी तथा प्रवासमा रहेका स्याङजाली दाजुभाइ दिदिबहिनि बिच आपसी बन्धुत्वको विकाससंगै हरेक सुखदुख, सामाजिक र शैक्षिक लगाएत बिभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।