बार्सिलोनामा घामपानी लाग्दै


बार्सिलोना/ पछिल्लो समयमा स्पेनमा पनि नयाँ नेपाली चलचित्रहरु प्रदर्शन हुने क्रम बढिरहेको छ। यसैक्रममा आगामी जुन १२ तारिख नेपालोना ईभेन्टले चलचित्र घामपानी प्रदर्शन गर्ने भएको छ। नेपालोनाले केहि समय अगाडी चलचित्र लुट २  समेत प्रदर्शन गरेको थियो।

आयोजक मध्येका एक सुरेश शर्माले चलचित्र सँगै, नेपालको पर्यटन प्रवद्वन होस् भन्ने हेतुले प्रचारप्रसार गरिरहेको बताए। उनले भने,”चलचित्र देखाउने जिरोना हलमा नै हामीले “भिजिट नेपाल” सहित चलचित्रको पोष्टर टाँस्न सफल भएका छौ,यसले दैनिक चलचित्र हेर्न पुग्ने बिदेशीहरुले नेपाल बारे कुनै न कुनै रुपमा चासो राख्नेछन् भन्ने अपेक्षा राखेका छौ।”18643602_1560646040643833_1235091467_nनेपालोना ईभेन्टले केहि समय अगाडी बार्सिलोनामा नेपाली समुदाय माँझ फुटबल प्रतियोगिता समेत सम्पन्न गरेको थियो।