एनआरएनए साईप्रसद्वारा, ग्रामिण बिद्यालयका लागि छात्रवृत्ति


स्पेन/ गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रसले ६ जना बालबालिकालाई निम्ति छात्रवृत्ति प्रदान गरेको छ। साइप्रसमा अध्यनरत स्वर्गीय बिरेन्द्र सुवलको सम्झनामा संघले प्रेरक छात्रवृत्ति प्रदान गरेको हो।नेपाली नयाँ बर्षको अबसरमा सम्पन्न भएको कार्यक्रमबाट संकलित ४५ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको संघले जनाएको छ।

अन्तराष्ट्रिय समन्वय परिषद सदस्य रन्जित कुमार महतोले हालै एक कार्यक्रम बीच सामाजिक अभियन्ता पुनम खड्गीलाई रकम हस्तान्तरण गरेका छन्। शैक्षिक सत्र २०७४ मा ग्रामीण सरकारी बिद्यालयमा कक्षा ६ देखि १० सम्म अध्यनरत बालबालिकालाई शैक्षिक उन्नतिका लागि रकम खर्च हुने बताईएको छ।

संघका अध्यक्ष सुबास मल्लले उक्त कार्यमा सहयोग गर्ने साईप्रसबासी नेपाली समुदायलाई धन्यबाद ब्यक्त गरेका छन्।