लाप्राकका लागि स्विट्जरल्याण्डमा च्यारिटी (फोटोफिचर सहित)


स्विट्जरल्याण्ड/ गैरआवासीय नेपाली संघद्वारा निर्माणधिन लाप्राक नमुना बस्तीको सहयोगार्थ स्विट्जरल्याण्डमा च्यारिटी डिनर सम्पन्न भएको छ। भूकम्पपिडितहरुको लागि दुर्गम हिमाली क्षेत्र लाप्राकमा संघले थालेको निर्माण कार्यलाई सहयोग पुग्ने गरी बेर्नमा च्यारिटि कार्यक्रम सम्पन्न भएको हो।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्विट्जरल्याण्डले शनिबार आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथीको रुपमा डा. आनामरी हुबर-होच सहभागी भईन्। नेपाल र स्विट्जरल्याण्ड बिचको सम्बन्ध धेरै दिगो र पुरानो रहेको भन्दै उनले नेपालप्रती स्विट्जरल्याण्डको  ठुलो सहानुभुती रहेको बताईन्।IMG_7348महाभुकम्पद्वारा तहसनहस भएको देश नेपालले पुनर्निमाणको योजना २ वर्षपछि पनि सन्तोषजनक रुपमा कार्यान्वयन गर्न नसक्दा जनताले भोग्नु परेको सास्तीप्रति चिन्ता ब्यक्त गर्दै फेरि १ बर्ष नहुँदै सरकार परिबर्तन हुँदा देशको कुनै पनि योजनाले निरन्तरता पाउन नसक्ने विचार ब्यक्त गरिन्।

संघका अध्यक्ष हिराबल गुरुङले हरेक राष्ट्रिय समन्वय परिषदले लाप्राकको लागि आ-आफ्नो ठाउँहरुबाट सहयोग गर्नु पर्नेमा जोड दिदै ,च्यारिटी डिनर कार्यक्रमको उदेश्यबारे प्रकाश परेका थिए।लाप्राकको स्थलगत भ्रमण र अवलोकन गरि फर्कीएकी एनआरएन स्विट्जरल्याण्ड वुमन फोरमकी सदस्य बिजया भट्टले फोटो स्लाईडहरु देखाउँदै पछिल्लो अबस्था बारे जानकारी गराईन्।IMG_7376

कार्यक्रममा पूर्व आईसीसी सदस्य पितम गुरूङ लगायत संघ संस्थाका प्रतिनिधिहरुले बोलेका थिए भने स्थानीय कलाकारहरुले मनोरन्जन प्रस्तुत गरे। च्यारिटी कार्यक्रमबाट संकलित रकम बारे संघले छिट्टै सार्बजनिक गर्ने जनाएको छ।IMG_7379 IMG_7441 IMG_7400 IMG_7393 IMG_7383 IMG_7500 IMG_7513 IMG_7366 IMG_7468