एनआरएन मन:-अपांग बालबालिका टेम्पो छोडेर अब स्कुल बस चढ्दै


बसन्त रानाभाट, बार्सिलोना/गैरआबासीय नेपाली संघ (एनआरएनए)ले सहयोग गरेपछि बौद्धिक अपांगता भएका बालबालिकाहरु अब टेम्पो छोडेर स्कुल बस चढ्ने भएका छन्।मकवानपुरको हेटौंडा नगरपालिका-६ गौरीघाटमा रहेको ‘आशा स्कुल’ लाई एनआरएनले १५ लाख ३० हजार रुपैयाँ सहयोग गरे पछि बस चढ्न पाएका हुन्।

हेटौडाली परिबारनामक गैर सरकारी संस्थाद्वारा संचालित स्कुल जान बौद्धिक अपांगता भएका बालबालिकाहरुले ओहोरदोहोरका लागि भाडाको टेम्पो प्रयोग गर्दै आएका थिए।

हेटौडाली परिबारकी संस्थापक आईना बार्काका अनुसार ३० लाख ८० हजार रुपैयाँको लागतमा ३६ सिटको टाटा मोटरस् खरिद गरिएको बताएकी छन्। एनआरएनबाट १५ लाख ३० हजार रुपैयाँ,अन्य सँघ संस्था तथा बिभिन्न कार्यक्रमवाट ८ लाख ५० हजार रुपैयाँ र अपुग रहेको ७ लाख रुपैयाँ हेटौडाली परिबारले खर्च गर्दै स्कुल बस खरिद गरेको हो।

कहाँ-कहाँबाट जुट्यो सहयोग ?

स्कुल बस खरिदका लागि गैर आबासीय नेपालीका केन्द्रिय अध्यक्ष शेष घले एक्लैले ६ लाख रुपैयाँ सहयोग गरेका छन्। गत जुलाईमा डेनमार्कमा सम्पन्न्न एनआरएनको नवौ युरोपेली क्षेत्रीय बैठकका क्रममा अध्यक्ष घलेले सहयोग गरेका हुन्।18739698_10210748448446083_3367042418060429989_nसंघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले ३ लाख रुपैयाँ, उपाध्यक्ष द्वय भवन भट्ट र कुमार पन्तले एक-एक लाख रुपैयाँ,युरोप क्षेत्रीय संयोजक कुल आचार्यले १ लाख रुपैयाँ र राष्ट्रिय समन्वय परिषद् इटालीका अध्यक्ष क्षेत्र कुमार श्रेष्ठले एक लाख रुपैयाँ सहयोग गरेका छन्। युरोपेली बैठकमा एनआरएनबाट १३ लाख रुपैयाँको घोषणा भएता पनि, संघका सचिव अर्जुन कुमार श्रेष्ठले १ लाख रुपैयाँ र एनआरएनए क्षेत्रीय समिति म्याड्रिडले १ लाख ३० हजार रुपैयाँ सहयोग गरे पछि समग्रमा एनआरएनबाट १५ लाख ३० हजार रुपैयाँको सहयोग पुगेको छ।18739979_10210748450446133_4893179114646839434_nयस्तै स्पेनिस संस्था सोस्ट्रेस एसोसियसनले ४ लाख रुपैयाँ,आमा फाउन्डेसन नेपालबाट १ लाख रुपैयाँ सहयोग जुट्यो। गायक शिव परियारले स्पेनको नेपाली समुदाय माँझ निशुल्क कार्यक्रम सम्पन्न गर्दा २ लाख रुपैयाँ बचत भएको थियो। गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य डा.बिनय श्रेष्ठ र युवा संयोजक अर्जुन बस्ताकोटीको पहलमा स्बिट्जरल्याण्डको नेपाली समुदायबाट १ लाख ५० हजार रुपैयाँ जुटेको थियो।

सहयोगले प्रेरेणा मिलेको छ,गर्न धेरै बाँकी छ :-आईना

स्पेनमा रहेको आफ्नो परिबार र कामलाई छोडेर २५ बर्षको उमेरमा अपांग भएका नेपाली बालबालिकाहरुको  साहारा बनेकी आईनाले झनै प्रेरेणा मिलेको बताउँछिन्।उनले भनिन्,”हामीलाई सुरुमा नै बसको आबश्यकता थियो तर पैसा थिएन। टेम्पोमा कोचाकोच गर्दै बच्चाहरुलाई ओहोरदोहोर गर्दा ज्यादै कठिन पल बितायौ तर आज असाधारणा बालबालिका लागि बस किनेका छौ धेरै खुशी लागेको छ।”

पहिले
पहिले

उनले बालबालिकाको भविष्य प्रति सकारात्मक सोच राख्दै सहयोग गर्ने एनआरएन लगायत सहयोगी दाता प्रति आभार प्रकट गरिन्। आईनाले भनिन्,”एनआरएनको सहयोगले मलाई ठुलो हौसला र प्रेरेणा मिलेको छ,सम्झना स्वरूप स्कुल बसका एनआरएन लोगो राखेका छौ यसले नेपाल र बाहिर रहेका नेपालीहरुलाई सधै जोडीरहने छ भन्ने बिश्वास लिएकी छु।”

झन्डै ६५ लाखको खर्चमा नयाँ भवन बन्दै:-

स्कुलमा आउँन धेरै बालबालिकाहरु ईच्छुक रहेकाले नयाँ भबन समेत निर्माण भईरहेको आईनाले जानकारी दिइन् । उनले भनिन्, ‘अब करिव ४-५ महिनाभित्र नयाँ भबन पनि बनिसक्ने छ, त्यसपछि हामीले ५५ जना बालबालिकाहरुलाई पढाउँने क्षमता राख्ने छौ । आशा गरौं अब छिट्टै नै अन्य बालबालिकाहरुलाई पनि पढाउँन पाउँने छौं ।’

निर्माणधीन भवनमा ४ बटा कक्षासहित फिजियोथेरापीका लागि २ बटा छुट्टै कोठाहरु हुने छन् भने किचन, डाईनिङ्, शिक्षक तथा कार्यलयकक्षको छुट्टै व्यबस्था रहने छ ।

निर्माणधिन नयाँ भवन
निर्माणधिन नयाँ भवन

आईनाका अनुसार नयाँ भवनका लागि ४१ लाख रुपैयाँ खर्च भईसकेको छ,बाँकी २० देखि २४ लाख रुपैयाँ रकम अपुग रहेको छ। उनले भनिन्,”हामी सँग रकम छैन तर पनि सबैको सहयोग मिल्ने आशाले काम गरिरहेका छौ।”

मकवानपुरमा रहेको स्कुलमा हाल २९ जना बौद्धिक अपांगता भएका बालबालिकाहरुले अध्ययन गरिरहेका छन्।हेटौंडाली परिबारले दुर्गम गाउँ तथा घरमा राम्रो हेरचार हुन नसक्ने अबस्था रहेका अशक्त बालबालिकाहरुलाई छात्राबासको समेत ब्यबस्था गरेको छ।