एनआरएनए फिनल्याण्डमा बसन्त गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन


हेल्सिंन्की/ गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फिनल्याण्डमा बसन्त गौतमको अध्यक्षतामा अधिबेशनले १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। संघको शनिवार राजधानी हेलसिन्कीमा सम्पन्न पाँचौ अधिबेशनले गौतमको नेतृत्वमा सर्बसम्मत नयाँ कार्यसमिति चयन गरेको हो।

सन् २०१५-२०१७ मा अध्यक्षको कार्यभार सम्हालेका बालकृष्ण श्रेष्ठलाई अधिबेशनले अन्तराष्ट्रिय समन्वय परिषद सदस्यमा प्रस्तावित गरेको छ। आगामी अक्टोबरमा हुने संघको केन्द्रिय अधिबेशनले उक्त निर्णयलाई अनुबोधन गर्नेछ।

सन् २०१७-२०१९ को कार्यसमिति उपाध्यक्षमा श्रवण खनाल र बिनिता लामिछाने निर्बाचित भएका छन्। यस्तै महासचिवमा प्रतिष्ठा मिश्र, सचिवमा गोकर्ण खरेल,कोषाध्यक्षमा टेकेन्द्र तिम्सिना महिला संयोजकमा ममता थकाली र युवा संयोजकमा नारायण थापामगर चयन भएका छन्।

कार्यसमितिका सदस्यहरुमा गोपाल अर्याल, सुरेन्द्र अधिकारी, चिरञ्जीवी चापागाईं ,अर्मन क्षेत्री,जानकी प्रसाद कोईराला, सान्तोष पन्त र प्रज्वल अर्याल रहेका छन्।

संघका संस्थापक अध्यक्ष तथा निर्वाचन समितिका संयोजक डा.शम्भु प्रसाद शाहले नयाँ कार्यसमितिको घोषणा गरे भने अन्तराष्ट्रिय समन्वय समितिका सदस्य देविदत्त शर्मा पर्यबेक्षकको रुपमा सहभागी बनेका थिए।